सार्वजनिक यातायात सुधार गर्न राष्ट्रिय यातायात नीति ल्याइने
काठमाडौँ– सरकारले सार्वजनिक यातायातमा सुधार गर्न राष्ट्रिय यातायात नीति ल्याउने भएको छ । शुक्रबार संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
यातायातको व्यवस्थापनमा संघ र प्रदेशको भूमिका पनि स्पष्ट गर्ने उनले बताए । ‘सार्वजनिक यातायात व्यवस्थापनमा संघ र प्रदेशको भूमिका स्पष्ट हुने गरी राष्ट्रिय यातायात नीति तथा संघीय यातायात विशेष तर्जुमा गरिने छ,’ उनले भने ।