संसद्

आफ्नो एजेण्डामा सहमत गराउन भारतले प्रधानमन्त्रीको भ्रमण पछि सार्‍याे : पन्त

इकागज | जेठ १, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले आफ्नो एजेण्डामा सहमत गराउन भारतले प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण पछि सार्दै लगेको दाबी गरेका छन् ।​

पूर्वराजा ज्ञानेन्द्र शाहलाई उत्तर प्रदेशमा स्वागत गरेर भारतले प्रधानमन्त्रीमाथि भने आफ्नो एजेण्डामा सहमत गराउन दबाब कूटनीति अवलम्बन गरिरहेको उनको आरोप थियो । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री दाहाल र नेपाल सरकारलाई भारतको सो कूटनीतिको दबाबमा नपर्न पनि सचेत गराए । उनले इतिहासमा कहिल्यै पनि पराधीन नभएको नेपाल र त्यस देशका प्रधानमन्त्रीको भारत भ्रमणको कार्यसूचीमा देशको शिर निहुर्‍याउने, देशलाई अप्ठ्यारोमा पार्ने, नेपालको स्वाभिमान गिराउने कुनै पनि एजेण्डा हुन नहुनेतर्फ पनि गम्भीर ध्यानाकर्षण गराए ।

सांसद पन्तले नेपालको असंलग्न परराष्ट्र नीतिले आफ्नो सन्तुलन गुमाउन थालेको उल्लेख गर्दै दुःख समेत व्यक्त गरे ।

भ्रष्टाचारविरोधी आन्दोलनमा भ्रष्टाचार आरोपित नै संलग्न छन् : ज्ञानेन्द्र शाही

इकागज | जेठ १, २०८०

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचारविरोधी आन्दोलनमा भ्...

सांसदहरूले लगाउने पोशाक तय गरेको प्रति सुमना श्रेष्ठले जनाइन् आपत्ति

इकागज | जेठ १, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले प्रतिनिधिसभाले सांसदहरूले लगाउने...

२०४८ सालपछिका उच्च पदमा रहेकाहरूको सम्पत्ति छानबिन गर्न संसदीय समिति गठनको माग

इकागज | जेठ १, २०८०

काठमाडौँ- मुलुकमा जताततै भ्रष्टाचार देखा परेको भन्दै उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने माग उठे...

नक्कली भुटानी शरणार्थी प्रकरण अपराध मात्रै होइन, राष्ट्रद्रोह हो : राजकिशोर यादव

इकागज | जेठ १, २०८०

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सा...

शरणार्थी प्रकरणमा राज्यले खेद प्रस्ताव गर्नुपर्छ : सांसद परियार

इकागज | जेठ १, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले खे...