संसद्

जब संसद्‌ बैठकमै अमरेशकुमार सिंहले लुगा खोले... (भिडियो)

इकागज | बैशाख २५, २०८०

काठमाडौँ - स्वतन्त्र सांसद अमरेश कुमार सिंहले संसदमा कपडा खोलेर प्रदर्शन गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकको शुरुमै बोल्नका लागि हात उठाएका सांसद सिंहले बोल्न समय नपाएपछि कपडा खोलेर प्रदर्शन गरेका हुन् ।

 सांसदहरु सिंह र प्रेम सुवालले आकस्मिक समयमा बोल्नुपर्ने माग गर्दै हात उठाएर उठाएका थिए । तर सभामुखले बैठकमा आकस्मिक समय र विशेष समय नरहेको र बैठक नियमित कारबाहीमा जाने भनेसँगै सांसद सिंहले आफ्नो सर्ट र भित्री गन्जी खोली विरोध जनाएका हुन् । 

त्यससँगै संसदमा अन्य दलका सांसदहरु समेत बोल्न पाउनुपर्ने माग उठेका थिए । तर सभामुख देवराज घिमिरेले सांसद सिंहलाई अशिष्ट, अश्लिल, अपमानजनक व्यवहार नगर्न अनुरोध गर्नुभयो भने प्रतिनिधि सभा नियमावलीको नियम ३० अनुसार चल्न आग्रह गरे । अनुशासित नभए सांसद सिंहमाथि अन्य कारबाही हुने चेतावनी पनि उनले दिए । 

यससँगै सभामुखले शून्य समयको कार्यक्रम प्रारम्भ गरे । हाल प्रतिनिधि सभा बैठक चलिरहेको छ ।

शरणार्थी प्रकरणका सम्बन्धमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग

इकागज | बैशाख २४, २०८०

काठमाडौँ- राष्ट्रिय सभाको आजदेखि सुरु भएको १४औँ अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले...

सांसदहरूको विद्युतीय ई-हाजिरीको तयारी गर्न सभामुख घिमिरेको निर्देशन

इकागज | बैशाख २४, २०८०

काठमाडौँ- सभामुख देवराज घिमिरेले सांसदहरूको ई-हाजिरी (विद्युतीय हारिजी)को व्यवस्था गर्न संघीय संसद् सच...

'सांसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर जेठदेखि'

इकागज | बैशाख २४, २०८०

काठमाडौं - सभामुख देवराज घिमिरले संसदमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम जेठ महिनादेखि सुर...

संघीय संसद्का नवनियुक्त सचिवद्वय पाण्डेय र अर्यालद्वारा शपथ र पदभार ग्रहण

इकागज | बैशाख २४, २०८०

काठमाडौं - संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनियुक्त दुई सचिवले आइतबार पद तथा गोप...