उपेन्द्रले लिए प्रतिनिधिसभा सदस्यकाे सपथ
काठमाडौं - जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
सिंहदरवारस्थित एक कार्यक्रमका बीचमा अध्यक्ष यादवलाई सभामुख देबराज घिमिरेले पद तथा गोपनीयताको सपथ खुवाएका हुन ।
गत वैशाख १० गते भएको उपनिर्वाचनमा प्रतिनिधिसभाका लागि बारा–२ बाट यादव निर्वाचित भएका थिए ।
सो उपनिर्वाचनबाट निर्वाचित अन्य दुई सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछाने र स्वर्णिम वाग्लेले भने यस अघि नै सपथ लिईसकेका छन् ।