संसद्

संघीय संसद् अधिवेशन आजदेखि

इकागज | बैशाख २४, २०८०

काठमाडौँ- सङ्घीय संसद्को दुवै सदनको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम  संसद्को अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा आज अपराह्न ४ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले यसअघि नै सूचनामार्फत अनुरोध गरिसकेको छ । यसअधिवेशनमा मुख्यरूपमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

अधिवेशन प्रारम्भसँगै प्रि–बजेट छलफल गरिने भएकाले अर्थमन्त्री डा प्रकाशशरण महतले आजकै बैठकमा आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुने जनाइएको छ ।

सदनको आजको बैठकमा सभामुख देवराज घिमिरेले सांसद सदस्यलाई स्वागत गर्दै राष्ट्रपतिबाट संसद्को अधिवेशन आह्वानसम्बन्धी पत्र र पछिल्लोपटक नयाँ मन्त्री नियुक्तसम्बन्धी पत्र पढेर सुनाउनुहुने सम्भावित कार्यसूचीमा उल्लेख छ । बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीले मुलुकी संहितासम्बन्धी केही नेपाललाई संशोधन गर्ने अध्यादेश, २०८० पेस गर्नुहुने विषय पनि सम्भावित कार्यसूचीमा समावेश गरिएको छ ।

राष्ट्रियसभामा कानुन मन्त्रीले मिटरब्याजसम्बन्धी अध्यादेश पेस गर्ने

इकागज | बैशाख २४, २०८०

काठमाडौं - संघीय संसद अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दैछ ।​​ राष्ट्रियसभाको चौथो अधिवेशनको बैठक आज...

प्रेसमैत्री कानुन बनाउन सरोकारवालासँगको छलफललाई प्राथमिकता दिनेछु : सभामुख

इकागज | बैशाख २४, २०८०

काठमाडौँ - सभामुख देवराज घिमिरेले विद्यमान सञ्चार कानुनको प्रभावकारी कार्यान्वयन र अब बन्ने कानुन प्रेसम...

सत्ताको जोड–घटाउले संसद्को पहिलो अधिवेशनबाट एउटै कानुन बनेन

उपेन्द्र अर्याल | बैशाख २०, २०८०

काठमाडौँ– शुक्रबार सरकारले संसद्को पहिलो अधिवेशन अन्त्य गरेसँगै अत्यावश्यक कानुनहरूको अझै अभ...

संघीय संसद्को अधिवेशन आह्वान, सांसदलाई आइतबार अपराह्न ४ बजे उपस्थित हुन सूचना

इकागज | बैशाख २०, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले २४ वैशाखका लागि संघीय संसद्को दुवै सदनका अधिवेशन आह्वान गरे...