संसद्

'झट्केलो छोरो' शब्द रेकर्डबाट हटाउन अध्यक्ष तिमल्सिनाको निर्देशन

इकागज | बैशाख २६, २०८०

काठमाडौँ - राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वैशाख २४ गतेको सभाको बैठकमा सत्तापक्षका सदस्य रमेशजंग रायमाझीले प्रयोग गरेको शब्द रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिएका छन् । 

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष तिमिल्सिनाले सत्तापक्षका सांसद रमेशजंग रायमाझीले प्रयोग गरेको उनको झट्केलो छोरो हो, टोपबहादुर रायमाझी भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् । 

वैशाख २५ गतेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले रमेशजंग रायमाझीको शब्दप्रति नियमापत्ति जनाएका थिए् । एमालेले नियमापत्ति जनाएसँगै अध्यक्ष तिमिल्सिनाले आफूले एक पटक सुनेर आजको बैठकमा निर्णय लिने बताएका थिए । सोही अनुसार आजको बैठकमा अध्यक्ष तिमिल्सिनाले सदस्य रायमाझीले प्रयोग गरेको राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१ को घको व्यवस्थासँग मेल नखाने भएकाले २०८० वैशाख २४ गतेको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए । 

उनले भने, ‘माननिय सदस्यहरु, हिजो मिति २०८०,१ २५ गतेको बैठकमा प्रमुख प्रतिपक्षका माननीय सदस्य भैरवसुन्दर श्रेष्ठले उठाउनुभएको विषयमा सभाको ध्यानाकर्षण भएको छ । माननीय सदस्यले ध्यानाकर्षण गराउने सन्दर्भमा २०८० वैशाख २४ गतेको बैठकमा दलका नेताहरुले आफ्ना भनाइ राख्ने क्रममा माननीय रमेशजंग रायमाझीबाट प्रयोग भएको शब्द रेकर्डबाट हटाइयोस् भनि माग गर्नुभएकोले उहाँले बोल्दा प्रयोग गर्नुभएको उहाँको झट्केलो छोरो हो, टोपबहादुर रायमाझी भन्ने शब्द राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१ को घको व्यवस्थासँग मेल नखाने भएकाले २०८० वैशाख २४ गतेको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु ।’

अध्यक्ष तिमिल्सिनाले सदस्यहरुले सभामा बोल्दा राष्ट्रिय सभाको हाल सम्मको अभ्यासलाई समेत मध्यनजर गरी राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१ को व्यवस्था बमोजिम शिष्ट र मर्यादित शब्दहरु प्रयोग गर्न आग्रह गरे । 

अर्थतन्त्रको विद्यमान चुनौतीको सामना गर्ने गरी बजेट ल्याउनुपर्छ : पूर्वअर्थमन्त्री पौडेल

इकागज | बैशाख २५, २०८०

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको विद्यमान चुनौतीको सामना ...

भ्रष्टाचार काण्डमा ताप्केको बिँड तातेपछि बिस्तारै सेलाउँदै गयाे : रवि लामिछाने

इकागज | बैशाख २५, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई ज...

नक्कली भुटानी शरणार्थी प्रकरण : गम्भीर छानबिन गर्न सांसदको माग

इकागज | बैशाख २५, २०८०

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदले अहिले चर्चामा रहेको नक्कली भुटानी शरण...

'विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकता लय मिलेको निबन्ध जस्तो'

इकागज | बैशाख २५, २०८०

काठमाडौँ - राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल पार्वतीले विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमि...

संसद्‌ बैठकमा अभद्र व्यवहार गरे के हुन्छ कारबाही ? कसरी जोगिए अमरेशकुमार ?

इकागज | बैशाख २५, २०८०

काठमाडौँ- स्वतन्त्र सांसद अमरेश कुमार सिंहले संसदमा कपडा खोलेर प्रदर्शन गरेका छन् । आज बसेको प्रतिनिधिसभ...

सांसद् बैठकमा लुगा फुकालेका अमरेशकुमार सिंहको स्वास्थ्य परीक्षण गर्न माग

इकागज | बैशाख २५, २०८०

 काठमाडौं - प्रतिनिधिसभा बैठकमा लुगा फुकालेका स्वतन्त्र सांसद अमरेशकुमार सिंहको स्वास्थ्य परीक्...