संसद्

अधुरा योजना यथाशीघ्र सम्पन्‍न गर्न सरकार तत्पर छ : प्रधानमन्त्री

इकागज | साउन ७, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले अधुरा र अलपत्र योजनालाई स्रोत साधनको उचित व्यवस्थापन गरी यथाशीघ्र सम्पन्न गर्न सरकार तत्पर रहेको बताएका छन् । वर्तमान सरकारले यस्ता योजनालाई प्राथमिकता दिने उनले उल्लेख गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तरको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सीमित स्रोत र साधनको सदुपयोग गर्दै राष्ट्रिय गौरव, रूपान्तरणकारी, प्राथमिकता प्राप्त र राष्ट्रिय महत्वका अन्य आयोजनामा बजेट अभाव नहुने व्यवस्था मिलाइने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले भने, 'समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न २०७७ सालमा मेरो नेतृत्वमा गठित सरकारले कैयौँ राष्ट्रिय गौरवका आयोजना, निर्वाचन क्षेत्र केन्द्रित रणनीतिक योजना र पालिका केन्द्रित योजनाको सुरुआत गरेको थियो ।' हाल कार्यान्वयनमा गएका आयोजनाअन्तर्गतका ठेक्काको कार्य सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिने उल्लेख गर्दै उनले ठेक्का व्यवस्थापनलाई चुस्त बनाइने र जिम्मेवार पक्षलाई जवाफदेही बनाइने सदनलाई जानकारी गराए ।

प्रधानमन्त्रीबाट ऊत्तरगङ्गा जलविद्युत् आयोजनाको प्रगतिबारे सदनलाई जानकारी

इकागज | साउन ७, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङको ऊत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको प्रगतिबारे...

सीमासम्बन्धी विषयलाई कूटनीतिक संयन्त्रमार्फत समाधान गरिने छ : प्रधानमन्त्री ओली

इकागज | साउन ७, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय भ्रमणका अवसरमा नेपाल र भारतका प्रधानमन्त्रीबीच भएका भेट...

भ्रष्टाचार निवारण वर्तमान सरकारको प्रमुख प्राथमिकता : प्रधानमन्त्री ओली

इकागज | साउन ७, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितको रक्षा गर्दै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न...

डेडिकेटेड र ट्रंक लाइनको तिर्न बाँकी रकम तिर्नुपर्छ भन्‍नेमा सरकार स्पष्ट छ : प्रम ओली

इकागज | साउन ७, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंक लाइनको विषयमा आफ्नो अभिव्यक्तिलाई अनावश्यक रूपम...

संसदमा बोल्दा तथ्यपूर्ण बोलौँ, झुटको सहारा नलिनु : प्रधानमन्त्री ओली

इकागज | साउन ७, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा झुटको सहारा नलिन आग्रह गरेका छन् । प्रतिनिधि सभाको सो...

आज प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची

इकागज | साउन ७, २०८१

काठमाडौँ - आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभाको बैठ...

सरकारले मुलुक र जनताको समस्यालाई केन्द्रमा राख्नुपर्छ : सांसदहरू

इकागज | साउन ६, २०८१

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका सचेतक गङ्गाराम चौधरीले सङ्घीय लोकतान्त्रिक शासन प्रणालीको प्रभावकारी क...

माधव नेपाललाई ओलीको कटाक्ष : परार बनेको पार्टीले संविधानको चिन्ता लिनु पर्दैन

इकागज | साउन ६, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई संविधानको चिन्ता नगर्न आग्रह गरेका छन् ।...