संसद्

रहरले नभई आवश्यकताले संविधान संशोधन : प्रधानमन्त्री ओली

इकागज | साउन ६, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनीय दस्तावेज रहेको र जनताको आवश्यकतालाई मध्यनजर गर्दै परिमार्जन गर्न सकिने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले विश्वासको मत प्राप्त गर्न राखेको प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्य पुष्टि हुने गरी सकभर सर्वसम्मतिबाट संविधान संशोधन हुने बताएका हुन् ।

'संविधान संशोधनीय, गतिशील र जीवन्त दस्ताबेज हो । यो आवश्यकता र जनताको मागअनुसार संशोधन हुन्छ । संशोधन रहरको विषय होइन । आवश्यकताको विषय हो,' प्रधानमन्त्री ओलीले भने, 'कुनै आग्रह पूर्वाग्रह राखेर संविधान संशोधन यस्तो-उस्तो गर्ने भन्दैनौँ । देशको आवश्यकता, विकासका माग सम्बोधनका लागि जे गर्दा उपयुक्त त्यही गर्नुपर्छ ।'

संसदमा रहेका सबै दलको सहमतिको साथ नै संविधान संशोधन हुने अपेक्षा प्रधानमन्त्री ओलीले व्यक्त गरे । 'संविधान निर्माणका बखत पनि सर्वसम्मत भएको थिएन । पहिलो संशोधनका बेला पनि सर्वसम्मति थिएन । जो जसका जे जस्ता विचारधारा भए पनि हामी एक ठाउँमा आउन सक्छौँ । यदि आउन सकिएन भने संविधानले आफ्नो प्रक्रिया आफ्नो निर्धारण गरेको छ,' उनले भने ।

देश र जनताको हितको पक्षमा तथा अग्रगमनको पक्षमा रहने गरी संविधान संशोधन प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । त्यस्तै, लोकतन्त्रको रक्षा र सुदृढीकरण, सुशासन प्रवर्द्धन र विकास तथा समृद्धिका लागि संविधान संशोधन हुने प्रधानमन्त्री ओलीले भने ।

संसदमा आएका राम्रा सुझावलाई ग्रहण गर्ने र आक्रोश, उत्तेजना तथा गालीगलौजलाई आफूले बिर्सिने प्रधानमन्त्रीले बताए । त्यस्तै भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिबद्धता पनि उनले व्यक्त गरे । प्रतिशोधको राजनीति आफूले नगर्ने र आफूलाई पनि सह्य पनि नहुने उनले बताए ।

प्रतिपक्षीमा बसेर गुण र दोषका आधारमा सरकारको मूल्यांकन गर्छौं : रवि लामिछाने

इकागज | साउन ६, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ सरकारको प्रारम्भिक कदमले आफूहरूलाई झस्का...

ओली प्रधानमन्त्री बन्दा सबैभन्दा बढी खुसी छु, तर विश्वासको मत दिँदैनौँ : लिङ्देन

इकागज | साउन ६, २०८१

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ...

प्रतिपक्षीमा हुँदा विभिन्‍न प्रकरणमा कांग्रेसले उठाएका विषयको जवाफको अपेक्षा गरेको छु : वर्षमान पुन

इकागज | साउन ६, २०८१

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले प्रतिपक्षीमा हुँदा विभिन्न प्रकरणमा कांग्रेसले उठ...

जनतामा उत्पन्‍न उत्साहलाई मर्न दिइने छैन : प्रधानमन्त्री ओली

इकागज | साउन ६, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता दिँदै सुशासन, कानुनी...

कांग्रेस-एमालेले पटक पटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय समात्‍न सकेन : ओली

इकागज | साउन ६, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेसजस्ता बलिया पार्टीले पटक पटक काँध थाप्दा पनि अघि...

सहकरी ठगलाई कारबाही गर्छौं, सुशासनका लागि स्टन्ट गर्दैनौँ : प्रधानमन्त्री ओली

इकागज | साउन ६, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारका पाँच प्रमुख प्राथमिकता रहेको बताएका छन् । प्रतिनिधि...