संसद्

विधायनसम्बन्धी विधेयक, २०८० सर्वसम्मत स्वीकृत

इकागज | साउन ७, २०८१

काठमाडौँ- विधायनसम्बन्धी विधेयक, २०८० सर्वसम्मत स्वीकृत भएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभाबाट पारित भई आएको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

सभामुख देवराज घिमिरेले विधायनसम्बन्धी विधेयक २०८० लाई निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मत स्वीकृत भएको जानकारी गराए । उनले उक्त विधेयकमाथि संशोधन हाल्न चाहने ७२ घण्टाभित्र पेस गर्न आग्रह गरे ।

मन्त्री चौरसियाले राष्ट्रियसभाबाट उत्पत्ति भएर विधायन समितिमा व्यापक छलफल भएपश्चात् प्रतिनिधिसभामा विधेयक प्राप्त भएको र विधेयकमा विषयविज्ञहरूसँग परामर्श गरेर मात्र विधेयकलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताए ।

उक्त विधेयकमाथि सांसदहरू विराजभक्त श्रेष्ठ, रघुजी पन्त, सन्तोष परियार, हितराज पाण्डे, मनिष झा, योगेशकुमार भट्टराई, शिशिर खनाल, अशोककुमार चौधरी, ध्रुवबहादुर प्रधान, नागिना यादव, जुलीकुमारी महतो महाशेठ, माधव सापकोटा, प्रतिमा गौतम, प्रेम सुवाल, सुमना श्रेष्ठ र रामकृष्ण यादवले भाग लिएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन ८ गते मङ्गलबार १ बजे बस्नेछ ।

प्रधानमन्त्रीबाट त्रिशूलीमा भएको बस दुर्घटनाबारे सदनलाई जानकारी

इकागज | साउन ७, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २८ गते त्रिशूलीमा भएको बस दुर्घटनाबारे सदनलाई जानकारी ...

कोशी पश्चिम नहरको बाँधमा सडक कालोपत्र भइरहेको छ : प्रधानमन्त्री ओली

इकागज | साउन ७, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूभागमा पर्ने कोशी पश्चिम नहरको बाँधमा क्रमशः सडक कालोप...

अधुरा योजना यथाशीघ्र सम्पन्‍न गर्न सरकार तत्पर छ : प्रधानमन्त्री

इकागज | साउन ७, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले अधुरा र अलपत्र योजनालाई स्रोत साधनको उचित व्यवस्थापन गरी यथाशीघ्र...

प्रधानमन्त्रीबाट ऊत्तरगङ्गा जलविद्युत् आयोजनाको प्रगतिबारे सदनलाई जानकारी

इकागज | साउन ७, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङको ऊत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको प्रगतिबारे...

सीमासम्बन्धी विषयलाई कूटनीतिक संयन्त्रमार्फत समाधान गरिने छ : प्रधानमन्त्री ओली

इकागज | साउन ७, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय भ्रमणका अवसरमा नेपाल र भारतका प्रधानमन्त्रीबीच भएका भेट...

भ्रष्टाचार निवारण वर्तमान सरकारको प्रमुख प्राथमिकता : प्रधानमन्त्री ओली

इकागज | साउन ७, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितको रक्षा गर्दै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न...

डेडिकेटेड र ट्रंक लाइनको तिर्न बाँकी रकम तिर्नुपर्छ भन्‍नेमा सरकार स्पष्ट छ : प्रम ओली

इकागज | साउन ७, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंक लाइनको विषयमा आफ्नो अभिव्यक्तिलाई अनावश्यक रूपम...

संसदमा बोल्दा तथ्यपूर्ण बोलौँ, झुटको सहारा नलिनु : प्रधानमन्त्री ओली

इकागज | साउन ७, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा झुटको सहारा नलिन आग्रह गरेका छन् । प्रतिनिधि सभाको सो...