संसद्

प्रतिनिधिसभाको बैठक आज बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

इकागज | साउन २१, २०८१

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद्‌ सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

त्यस्तै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाऊ आदेश सदन समक्ष पेस गर्नेछन् ।

त्यस्तै आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।

२ अर्ब ९४ करोड बचत हिनामिना गरेको ओरेन्टल सहकारीका सुधीर शर्मासँग छलफल

इकागज | साउन १६, २०८१

काठमाडौं - सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सरोकारवाला निकायसँगको छलफलला...

लेखनाथ दाहाल भने - राष्ट्रपति पौडेलले गैरकानुनी प्रधानमन्त्री नियुक्त गरे, सर्वोच्चले खारेज गर्छ

इकागज | साउन १५, २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले गैरकानुनी प्रधानमन्त्...

सांसद पौडेलको प्रश्न : शिक्षा मन्त्रालयसँग दक्ष जनशक्ति निर्माणको योजना के छ ?

इकागज | साउन १५, २०८१

काठमाडौँ- सांसद कृष्णप्रसाद पौडेलले विद्यार्थी दक्ष जनशक्ति निर्माणका लागि शिक्षा मन्त्रालयको योजना के...

सांसद मोदीको आरोप : भ्रष्टाचारसम्बन्धी फाइल बन्द गर्न नयाँ गठबन्धन बन्यो

इकागज | साउन १४, २०८१

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले भ्रष्टाचारसम्बन्धी फाइल बन्द गर्न नयाँ गठबन्धन बन...