संसद्

मिडिया काउन्सिललाई आमसञ्‍चार परिषद् बनाउन सहमत - मन्त्री गुरुङ

इकागज | साउन २२, २०८१

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मिडिया काउन्सिललाई आमसञ्चार परिषद् बनाउन सहमत रहेको बताएका छन् । 

विधायन व्यवस्थापन समितिको मंगलबारको बैठकमा मन्त्री गुरुङले मिडिया काउन्सिल विधेयक, २०८० को नाम परिवर्तन गर्दै आमसञ्चार परिषद् विधेयकका रुपमा अघि बढाउन सहमत रहेको बताएका हुन् । 

उनले विधेयकको अन्तरवस्तुमा फरक नपर्ने गरि मिडिया काउन्सिललाई नेपालीमा आमसञ्चार परिषद् बनाउन सकिने बताए ।  विधेयकको सार एउटै रहेको र भाषा मात्रै फरक राख्न सहमत भएको उनले बताए । 

उनले यसअघिको प्रेस काउन्सिलले एउटै मात्र क्षेत्रको प्रतिनिधित्व गर्ने देखिएकाले सबै प्रकारका सञ्चारमाध्यमलाई एउटै छातामुनी ल्याउन मिडिया काउन्सिल ल्याइएको धारणा राखे । 

मन्त्री गुरुङले विवादित अन्य विषयमा सहमति जुटाइ विधेयकलाई छिटै अघि बढाउन आग्रह गरे । अध्यक्ष र सिफारिस समितिको संयोजक चयनको प्रक्रिया लगायतका विषयमा समितिमा सहमति जुट्न सकेको छैन । 

लघुवित्तपीडितका समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेस

इकागज | साउन २२, २०८१

काठमाडौँ - लघुवित्तपीडितहरुको समस्या समाधानका लागि गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ । नेपा...

मानव बेचबिखन रोकथामका लागि सरकार गम्भीर भएर काम गरिरहेको छ : मन्त्री सुडी

इकागज | साउन २१, २०८१

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन रोकथामका लागि स...

सोविता गौतमको गुनासो : निर्वाचन क्षेत्रमा ममाथि कुनै एक राष्ट्रिय दलका कार्यकर्ताले दुर्व्यवहार गरे

इकागज | साउन २१, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफ्नो निर्वाचन क्षेत्रमा आफूमाथि कुनै एक राष्ट्रिय...

२ अर्ब ९४ करोड बचत हिनामिना गरेको ओरेन्टल सहकारीका सुधीर शर्मासँग छलफल

इकागज | साउन १६, २०८१

काठमाडौं - सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सरोकारवाला निकायसँगको छलफलला...