संसद्

राष्ट्रिय सभामा टिआरसी विधेयक पेस

इकागज | भदौ २, २०८१

काठमाडौँ - राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेस भएको छ ।

आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले विधेयक पेस गरेका हुन् । मन्त्री चौरसियाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामा समक्ष प्रस्तुत गरेका हुन्  ।

यसअघि प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ । अहिले विधेयकमाथि सांसदहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ । 

नियमावली बनाउँदा कानुन मन्त्रालयले सहमति दिनुपर्ने प्रावधान राख्न विज्ञहरूको सुझाव

इकागज | भदौ २, २०८१

काठमाडौँ -विज्ञहरुले संवैधानिक निकायको नियमावली बनाउँदा कानुन मन्त्रालयले सहमति दिनुपर्ने प्रावधान राख्...

कांग्रेस-एमाले मिलेर अरू पार्टीलाई सिद्धाउने षडयन्त्र गरे : झक्कुप्रसाद सुवेदी

इकागज | साउन ३१, २०८१

काठमाडौँ- राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले कांग्रेस-एमाले मिलेर अरू पार्टीलाई सिद्धाउने षडयन्त्र गरि...

स्थायी आवास बनाउनका लागि सरकारले गम्भीरताका साथ अघि बढिरहेको छ : गृहमन्त्री लेखक

इकागज | साउन ३१, २०८१

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले जस्तोसुकै विपदमा परेका नागरिकको स्थायी आवास निर्माण गर्न अनुदान दिनका ...

टिआरसी विधेयकमा जुटेको सहमतिले देशको लोकतन्त्र दिगो र बलियो छ भन्ने सन्देश दिएको छ: कानुनमन्त्री चौरसिया

इकागज | साउन ३०, २०८१

काठमाडौँ - कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले  सङ्क्रमणकालीन न्याय (टिआरसी) ...