संसद्

संसदीय छानबिन समितिले जेलमा भएका सहकारीका सञ्‍चालकहरूसँग पनि सोधपुछ गर्ने

इकागज | असार २६, २०८१

काठमाडौं - सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले जेलमा भएका सहकारीका सञ्चालकहरूसँग पनि सोधपुछ गर्ने भएको छ ।

बुधबार सहकारी पीडितहरूसँगको छलफलमा बोल्दै समितिका सभापति सुर्य थापाले कानुनअनुसार जेलमा भएका सहकारी सञ्चालकहरूलाई पनि सोधपुछ गरी तथ्य प्रमाणहरू खोज्ने बताएका हुन् ।

समितिले आज सहकारीका संचालक र पीडितहरूसँग छलफल गरेको थियो । छलफलका क्रममा सहकारी पीडितले आफूहरूले सहकारी ठग देखेको भएपनि सरकारले नदेखेको गुनासो गरेका थिए ।

सभापति थापाले सरकारले र संसदले गर्ने काम फरक हुने भन्दै सहकारी पीडितहरूलाई न्याय दिलाउने गरी काम गरिरहेको बताए । उनले सहकारी क्षेत्रमा देखिएको सहकारी समस्या वास्तविक सहकारीको कारणले नभई सहकारीका माध्यमबाट बचतको अपचलन ठगी गर्ने नियतका साथ आएका केही सहकारीका कारणले समस्या आएको बताए ।

संविधानलाई संशोधन गर्ने नाममा कांग्रेस-एमाले जनताको अधिकार सीमित गर्ने बाटोमा हिँड्न खोजे : मन्त्री बस्नेत

इकागज | असार २५, २०८१

काठमाडौँ- ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले संविधानलाई संशोधन गर्ने नाममा कांग्रेस-एमाले जनताको अधिकार स...

'कांग्रेस-एमालेबीचको सहमतिपछि प्रचण्डको हातबाट सत्ता फुत्किसक्यो अब हुनेवाला केही छैन'

इकागज | असार २५, २०८१

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले माओवादीले यसअघि कांग्रेससँगको समीकरण तोडे...

संविधानको धाराबाटै सरकार बन्‍ने हो, बालाजुको २२ धाराबाट बन्दैन : सांसद रिजाल

इकागज | असार २५, २०८१

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ईश्वरबहादुर रिजालले नेपाली कांग्रेस र एमालेबीच भएको...

प्राकृतिक विपदमा परेकालाई उद्धार र राहतको प्रबन्ध गर्न सांसदहरूको माग

इकागज | असार २४, २०८१

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले प्राकृतिक विपद्का कारण समस्यामा परेका नागरिकलाई तत्काल...

लगानी सहजीकरणसम्बन्धी विधेयकमा राष्ट्रियसभाबाट भएको संशोधन स्वीकार

इकागज | असार २४, २०८१

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१...

प्रधानमन्त्रीको राजीनामालाई लिएर सदनमा सत्ता र प्रतिपक्षबीच तर्कवितर्क

इकागज | असार २३, २०८१

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच सरकारमा सहभागी...

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेबारे सदनलाई जानकारी

इकागज | असार २३, २०८१

काठमाडौँ - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनम...