संसद्

प्रतिनिधि सभाका विषयगत समितिमा हेरफेर

इकागज | असार १३, २०८१

काठमाडौँ- प्रतिनिधि सभाका केही सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको जानकारी गराएका हुन् ।

जसअनुसार कार्य व्यवस्था परामर्श समितिमा अब्दुल खानको स्थानमा अनिता देवीलाई मनोनयन गरिएको छ भने संसदीय सुनुवाइ समितिमा डोलप्रसाद अर्यालको स्थानमा डा. स्वर्णिम वाग्लेलाई समावेश गरिएको छ ।

त्यसैगरी अर्थ समितिमा डा. प्रकाशरण महत, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायणप्रकाश साउद, कानुन न्याय तथा मानव अधिकार समितिमा सीता गुरुङ र सुहाङ नेम्बाङलाई समावेश गरिएको सभामुख घिमिरेले जानकारी दिएका छन् ।

त्यस्तै रमेश रिजाल र सुरेन्द्रराज आचार्यलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा राखिएको छ भने टेकबहादुर गुरुङलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा समावेश गरिएको छ ।

त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा धनराज गुरुङ, डिगबहादुर लिम्बू र मोहनबहादुर बस्नेतलाई राखिएको छ ।

सभामुख घिमिरेका अनुसार अनिता देवीलाई राज्य व्यवस्था तथा सुशासन समितिमा राखिएको छ भने हरि ढकाललाई सार्वजनिक लेखा समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा हेरफेर गरिएको छ । त्यस्तै असिम साहलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट सार्वजनिक लेखा समितिमा समावेश गराइएको छ ।

गोकुल बास्कोटाको प्रश्न : किसानलाई रुवाएर सरकार हाँसेर बस्‍न मिल्छ ?

इकागज | असार १३, २०८१

काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बास्कोटाले दूध बेचेर जीविकोपार्जन गर्ने किसानहरूको समस्या दीर्घकाली...

सापकोटाको जिज्ञासामा गृहमन्त्रीको जवाफ : तातोपानीमा अध्यागमन र प्रहरी भवन बनाउने प्रक्रिया अगाडि बढ्ने छ

इकागज | असार १२, २०८१

काठमाडौं - उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तातोपानी नाकामा अध्यागमन र प्रहरी कार्यालय भवन बनाउने...

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौं : अर्थमन्त्री पुन

इकागज | असार ११, २०८१

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य ऋणलाई बढीभन्दा बढी उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्...