संसद्

रमेश लेखकको प्रश्न : प्रधानमन्त्री प्रचण्ड डराएर संसद्‌मा नआएको हो ? (भिडियोसहित)

इकागज | जेठ ३२, २०८१

काठमाडौँ- नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेश भ्रमण बारे संसद्‌लाई जानकारी गराउन माग गरेको छ ।

आजको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री भारत भ्रमण गरेर फर्किएको पाँच दिन हुँदा पनि संसद्‌मा उपस्थित भएर जानकारी नगराएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

लेखकले प्रधानमन्त्री संसद्‌मा नआएको बताउँदै सरकारले संसदको गरिमालाई कमजोर बनाएको भन्दै आपत्ति जनाएका छन् । उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‌मा बोल्दै नेतामाथि गम्भीर आरोप लगाएको विषयमा आफूहरूले जवाफ माग गरेको तर प्रधानमन्त्री संसद्‌मा नै नआएको बताए ।

उनले प्रधानमन्त्री डराएर संसद्‌मा नआएको हो भन्दै प्रश्न गरेका छन् । उनले सरकारले संसदको अपमान गरेको बताउँदै संसद्‌ चलिरहेको बेला सरकार प्रमुख, राष्ट्रप्रमुख विदेश जादा संसद्‌लाई जानकारी गराउनुपर्ने स्मरण गराए । प्रधानमन्त्री भारत गएको र राष्ट्रपति विदेश गएको विषय आफूहरूले पत्रिका पढेर थाहा पाउनु दुर्भाग्य भएको बताए ।

लेखकले संसद्को अर्को बैठकमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमणबारे जानकारी गराउन माग गरेका छन् ।

संसद्‌ बैठक बस्दै : कुन सांसदले कुन मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गर्दैछन् ?

इकागज | जेठ ३२, २०८१

काठमाडौँ- प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा बिनियोजन विधेयकमाथिको छ...

संसदमा भोलि उद्योग, भूमि व्यवस्था र स्वास्थ्य मन्त्रालयसम्बन्धी छलफल हुने

इकागज | जेठ ३०, २०८१

काठमाडौँ - प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न तीन मन्त्रालयका विनिय...

कांग्रेस र रास्वपाका सांसदले संयुक्त रुपमा दर्ता गरे चक्रपथ विस्तारसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव

इकागज | जेठ ३०, २०८१

काठमाडौँ - नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले चक्रपथ विस्तारसम्बन्धी जरूरी ...

संसदमाा मलखाद, अन्तराष्ट्रिय उडान र स्वास्थ्य सेवाबारे सांसदहरूको चासो

इकागज | जेठ ३०, २०८१

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानले समयमै मदखाद पाउन नसकेका, पोखरा...

राष्ट्रियसभामा सांसदको प्रश्न : सदनमा उठाएका विषयमा किन सुनुवाइ हुँदैन ?

इकागज | जेठ २९, २०८१

काठमाडौँ- राष्ट्रियसभाका सांसदहरूले आफूहरूले बैठकमा उठाएका जनजीविकासम्बन्धी सवालमा सरकारले जवाफद...