संसद्

देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याउन प्रस्ताव

इकागज | असार २, २०८१

काठमाडाैँ- प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेले चितवनको देवघाटमा त्रिशूली नदीमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिम क्षेत्रमा सिँचाइको सुविधा पुर्‍याउन प्रस्ताव गरेका छन् । 

आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथिको छलफलमा उनले तराई तथा पहाडका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याएर कृषि उत्पादन तथा रोजगारी वृद्धि गर्न सकिने बताए । 

'बूढीगण्डकी जलाशयुक्त आयोजना निर्माण गरौँ, त्यससँगै देवघाटमा बाँध बाँधेर चितवन हुँदै पूर्वतर्फ र नवलपुर हुँदै पश्चिमतर्फ नहरमार्फत तराई–मधेसका सिँचाइ समस्या हल गर्न सबैको ध्यान जानुपर्छ,' मुख्य सचेतक पाण्डेले भने, 'तराई–मधेसका सम्म रहेका फाँट, पहाडका टारमा सिँचाइ सुविधा पुर्‍याउनुपर्छ, यसबाट कृषिजन्य उत्पादन र उत्पादकत्व वृद्धिका साथ रोजगारी सिर्जना हुन्छ ।'

आगामी आवको बजेटमा सिँचाइतर्फ बजेट वृद्धि भएकामा खुसी व्यक्त गर्दै उनले सिँचाइ प्रणालीलाई ‘डिजिटलाइजेसन’ गर्न आग्रह गरे । 'खेतीयोग्य भूभागमा बाह्रै महिना सिँचाइको सुविधा पुर्याउनुपर्छ, स्थानीय साधनस्रोतको प्रयोग गरी पानीको पुनर्भरण गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ,' मुख्य सचेतक पाण्डेले भने । 

जलवायु परिवर्तनका असरलाई ख्याल गरी जलस्रोतका सबै आयोजनाको डिजाइनलाई नै परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले यसका लागि दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । उनले आयोजनाको डिजाइन स्थान, मौसमअनुसार हुनुपर्ने बताए । पुँजीगत खर्च वृद्धिमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिँदै उनले हाइड्रोजन ऊर्जा, पोड–वेलगायत ऊर्जा र यातायातका नयाँ प्रविधिको प्रयोगमा विशेष योजना बनाएर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

बजेट निर्माणको प्रक्रियामा ठूलो नीतिगत र संरचनागत परिवर्तन आवश्यक : सांसद भट्टराई

इकागज | असार २, २०८१

काठमाडौँ- नेकपा एमाले सांसद योगेश भट्टराईले बजेट निर्माणको प्रक्रियामा पुरानै ढाँचा अवलम्वन गरिएकाले व...

‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रतिनिधिसभामा पेस

इकागज | असार २, २०८१

काठमाडौँ- नेपाल सरकारले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१...

उर्जा क्षेत्रमा विदेशीलाई सहज हुने नीति बनाइयो : राजेन्द्र लिङ्‌देन

इकागज | असार २, २०८१

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्‌देनले उर्जा क्षेत्रमा विदेशीलाई स...

संसदीय समितिको बैठकमा एनजीओको खाजा देखेपछि हिँडे गृहमन्त्री रवि

इकागज | असार २, २०८१

काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनजीओले खाजा उपलब्ध गराएको व...

विपद्को पूर्व तयारी र राष्ट्रिय परिचयपत्र अनिवार्यबारे सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

इकागज | जेठ ३२, २०८१

काठमाडौँ- प्रतिनिधिसभामा सांसदहरूले विपद्को पूर्व तयारी गर्न र सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयप...