संसद्

देश आर्थिक संकटको डिलबाट बाहिर आएको छ- प्रधानमन्त्री

इकागज | असार २८, २०८१

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देशको आर्थिक अवस्था सुधार हुँदै गएको बताएका छन् । 

प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण हुँदै गएको बताए । 

प्रधानमन्त्री प्रचण्डले नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय हितको रक्षालगायतका सबै जिम्मेवारीमा सरकार आम जनताले देखिने र बुझिने गरी राम्रो अंकका साथ उत्तीर्ण भएका स्पष्ट पारे । 

सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रमा बनेका कैयौँ मानकहरू त्यही अग्रसरताका परिणाम भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न राष्ट्रिय समन्वय परिषद, प्रशासनिक समन्वय परिषद तथा विषयगत समितिहरूलाई सक्रिय बनाइएको बताए । उनले देश आर्थिक संकटबाट धेरै बाहिर आएको स्पष्ट पारे । 

'मैले तथ्यांकमै भने, हाम्रा सबैजसो आर्थिक सूचकहरु सकारात्मक हुँदै गएका छन् । त्यसैले हाम्रो अर्थतन्त्रमा देखिएको शिथिलता पनि कायम रहनेछैन,' प्रधानमन्त्री प्रचण्डले भने, 'बजेट निर्माण प्रक्रियालाई समावेशी, वैज्ञानिक र वस्तुपरक बनाउन मैले निकै प्रयास गरें । डेढ वर्षको अवधिमा प्राप्त यो आर्थिक उपलब्धि सानो होइन । म ढुक्कले भन्न सक्छु, देश अब आर्थिक संकटको डिलबाट धेरै बाहिर आइसकेको छ ।'

सुशासनमा कुनै सम्झौता नगर्ने अठोट गरेका कारण सरकार ढल्ने अवस्था बन्यो- प्रधानमन्त्री

इकागज | असार २८, २०८१

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र ...

नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रूचि थिएन र छैन- प्रधानमन्त्री

इकागज | असार २८, २०८१

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चला...

संविधानमा माओवादीको सबैभन्दा ठूलो लगानी छ, यसलाई कमजोर बनाउन दिदैनौं- प्रधानमन्त्री

इकागज | असार २८, २०८१

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा नेकपा (माओवादी केन्द्र)को ...

सिमल तालमा बससहित बेपत्ता भएका यात्रुहरुको खोजी गर्न सांसदहरूको माग

इकागज | असार २८, २०८१

काठमाडौँ - प्रतिनिधिसभाका सांसदहरूले नारायणगढ–मुग्लिन सडक खण्डको सिमल तालमा बससहित बेपत्ता भएका...

संविधानलाई संशोधन गर्ने नाममा कांग्रेस-एमाले जनताको अधिकार सीमित गर्ने बाटोमा हिँड्न खोजे : मन्त्री बस्नेत

इकागज | असार २५, २०८१

काठमाडौँ- ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले संविधानलाई संशोधन गर्ने नाममा कांग्रेस-एमाले जनताको अधिकार स...