संसद्

राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरतापूर्वक लिएर अघि बढ्छु : नवनिर्वाचित अध्यक्ष दाहाल

इकागज | फागुन २९, २०८०

काठमाडौँ- नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरतापूर्वक लिएर अघि बढ्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले कानुन निर्माणलगायतका विषयमा राष्ट्रिय सभालाई ओझपूर्ण र गरिमामय बनाउन प्रयत्न गर्ने समेत बताए । उनले चुनौतीलाई अवसरको रूपमा लिएर काम गर्ने धारणा राखे ।

राष्ट्रिय सभाले गर्ने सबै भूमिकालाई प्रभावकारी बनाउन सबै दलहरूलाई एकताबद्ध भएर लैजाने नवनिर्वाचित अध्यक्ष दाहालले उल्लेख गरे ।

उनले आफूलाई निर्वाचित गर्ने सबै सदस्यहरूप्रति आभार व्यक्त गरे ।

विभेदलाई जित्न हिँडेका दाहाललाई राष्ट्रिय सभा अध्यक्षको जिम्मेवारी

इकागज | फागुन २९, २०८०

काठमाडौँ- परिपक्व राजनीतिज्ञ नारायणप्रसाद दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएका छन् । लामो र...

शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत

इकागज | फागुन २९, २०८०

काठमाडाैँ । नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सभामा उम्मेदवार भएका युवराज दाहाललाई राष्ट्रिय सभाकाे अध्...

जनमोर्चाले राष्ट्रियसभा अध्यक्ष पदको विर्वाचनमा कसैलाई भोट नहाल्ने

इकागज | फागुन २९, २०८०

काठमाडौं - राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । मंगलबार...

राष्ट्रियसभाका अध्यक्षका उम्मेदवार नारायण दाहालको प्रस्ताव प्रस्तुत

इकागज | फागुन २९, २०८०

काठमाडौँ - राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव आजको बैठक...

राष्ट्रियसभा अध्यक्षका उम्मेदवार युवराज शर्माको प्रस्ताव प्रस्तुत

इकागज | फागुन २९, २०८०

काठमाडौँ - राष्ट्रियसभा अध्यक्ष  निर्वाचन प्रयोजनका लागि माथिल्लोसभाको आजको बैठकमा उम्मेदवारका ...

राष्ट्रियसभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता, आजै नामावली प्रकाशन हुने

इकागज | फागुन २८, २०८०

काठमाडौँ- राष्ट्रियसभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म ...

राष्ट्रिय सभा अध्यक्ष निर्वाचन : सोमबार बिहान ११ बजेदेखि मनोनयन दर्ता

इकागज | फागुन २७, २०८०

काठमाडौँ- सङ्घीय संसद् सचिवालयले राष्ट्रिय सभा अध्यक्ष चयनका लागि हुन लागेको चुनावको कार्यतालिका सार्वजनि...