संसद्

राष्ट्रिय सभा नियमावली संशोधन मस्यौदा सर्वसम्मतिले स्वीकृत

इकागज | माघ २४, २०८०

काठमाडौँ- ​राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा  मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले ‘राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन प्रतिवेदन, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल समेत भएको थियो । उक्त प्रतिवेदनमाथि संशोधन राख्न चाहने सांसदले ७२ घण्टाभित्र आफ्नो संशोधन दर्ता गर्नसक्ने ब्यहोरा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए ।

त्यस्तै अर्थमन्त्री डा रामशरण महतले पेस गरेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व (पहिलो संशोधन) अध्यादेश २०८० लाई समेत सर्वसम्मतिले स्वीकृत गरेको छ ।  बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस गरेका थिए ।

त्यस्तै बैठकले पूर्वमन्त्री तथा संविधानसभा सदस्य केशवकुमार बुढाथोकीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

राष्ट्रिय सभाको अर्को बैठक माघ २८ गते बोलाइएको छ । 

सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सरोकार समितिको निर्देशन

इकागज | माघ २३, २०८०

काठमाडौँ- राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि ...

अनुगमन तथा मूल्यांकन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित

इकागज | माघ २३, २०८०

काठमाडौँ- अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट परिमार्जनसहित पारित ...

राष्ट्रका साझा मुद्दामा राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ : सभामुख घिमिरे

इकागज | माघ २२, २०८०

काठमाडौँ- सभामुख देवराज घिमिरेले संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधार गर्दै राष्ट्रको साझ...

संसद्‍मा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश पेस गर्ने

इकागज | माघ २२, २०८०

काठमाडौँ- प्रतिनिधि सभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश पेस भएक...