संसद्

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु

इकागज | माघ २२, २०८०

काठमाडौँ- संघीय संसद्को हिउँदे अधिवेशन सोमबारबाट प्रारम्भ भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको तेस्रो तथा राष्ट्रिय सभाको पन्ध्रौँ अधिवेशन सुरु भएको हो  ।

प्रतिनिधि सभामा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छुट्टाछुट्टै बैठकमा सांसदलाई स्वागत गर्दै राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । सो क्रममा सभामुख घिमिरेले विगतका दुई अधिवेशनमा संसद नियमावलीको निर्माण तथा विषयगत समितिहरूले पूर्णता पाएसँगै संसदीय गतिविधिहरू क्रियाशील र जीवन्त हुँदै गएको महसुस गरेको बताए ।

उनले चालू अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्ने र संसदीय गतिविधिहरूलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखेको धारणा राखे । राष्ट्रका साझा मुद्दाहरूमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको एकतालाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।

सभामुख घिमिरेले विधिको शासन, पारदर्शिता र जवाफदेहिता आधुनिक लोकतन्त्रका आधारस्तम्भ भएको भन्दै संसद्‍मा अवलम्बन गरिने विधि, प्रक्रिया र अभ्यासहरूलाई परिष्कृत, उन्नत र जनमुखी बनाउन सामूहिक प्रतिबद्धता जरुरी रहेको बताए । जनताको प्रतिक्रिया र सुझावलाई आत्मसात् गर्दै आगामी अधिवेशन नतिजामुखी हुने उनको विश्वास छ । 

राष्ट्रिय सभाको माघ र फागुनको सम्भावित कार्यतालिका स्वीकृत

इकागज | माघ १९, २०८०

काठमाडौँ- राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति बैठकले राष्ट्रिय सभाको माघ र फागुन माहिनाको सम्भावित क...

विकास आयोजनाहरू अलपत्र पार्ने कम्पनीहरूलाई उन्मुक्ति नदिने कानुन बनाउन जोड

इकागज | माघ १७, २०८०

काठमाडौँ - सांसदहरुले समयमा नै विकास आयोजनाहरु पुरा नगर्ने कम्पनीहरूलाई दण्ड सजायबाट उन्मुक्...

सन्धि सम्झौताको कागजात नष्ट गर्नेलाई राज्यद्रोहको मुद्दा लगाउन प्रस्ताव

इकागज | माघ १२, २०८०

काठमाडौँ- विभिन्न देशसँग भएका सन्धि सम्झौतासहित देशका महत्वपूर्ण कागजात सुरक्षित नराख्ने तथा नष्ट गर्नेलाई...

राष्ट्रिय सभा निर्वाचन : १८ सिटमा सत्ता गठबन्धन, एक सिटमा एमाले विजयी

इकागज | माघ ११, २०८०

काठमाडौँ- राष्ट्रिय सभाको १९ सिटका लागि भएको निर्वाचनमा १८ सिटमा सत्ता गठबन्धनले जित हासिल गरेको छ भने...

मन्त्री भएका क्षेत्रमा बढी बजेट जाने प्रवृत्ति अन्त्य हुनुपर्छ : सांसद गैह्रे

इकागज | माघ ११, २०८०

काठमाडौँ- मुलुकमा संविधान र संघीयतानुकूल कतिपय महत्वपूर्ण कानुन अझै जारी हुन सकेको छैन । कानुन निर्म...