संसद्

संसद् अधिवेशन नचलेको बेलामा के गर्दै छ संसद् सचिवालय ?

इकागज | मंसिर ८, २०८०

काठमाडौँ- संघीय संसद् सचिवालयले संसद् अधिवेशन अन्त्य भएको अवस्थामा पनि संसदीय समितिहरूले भने निरन्तर काम गरिरहेका जनाएको छ ।

संघीय संसदको दुवै सदनको अधिवेशन गत कार्तिक १६ गते अन्त्य भयो । सो दिन प्रतिनिधि सभाको दोस्रो अधिवेशन र राष्ट्रिय सभाको चौथो अधिवेशन अन्त्य भएको हो । संसद् अधिवेशन अन्त्य भएसँगै नयाँ बानेश्वरस्थित संघीय संसद् भवन सुनसान बनेको छ । यता, सांसदहरू र सांसदलाई भेट्न आउने आगन्तुकहरूले सधैं भीड हुने सिंहदरबार क्षेत्रमा पनि मानिसहरूको चाप निकै कम भएको छ ।

संसदको अधिवेशन अन्त्य भएको यो बेलामा पनि संघीय संसद् सचिवालयले भने प्रशासनिक कामको अलावा पनि संसदीय गतिविधिहरू जारी रहने जनाएको छ । शुक्रबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्य भए पनि संसदीय समितिहरूले भने काम गरिरहेका बताए । उनले यस अवधिमा समितिहरूले समितिमा विचाराधीन अवस्थामा रहेका विधेयकहरूमाथि विस्तृत रूपले छलफल  गर्ने बताए ।

त्यसैगरी समितिहरूले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित मन्त्रालयले गरिरहेका कामहरूको निगरानी गर्ने, कार्य प्रगति बुझ्ने र आवश्यकता अनुसार निर्देशन दिने कामहरू समेत गर्ने उनले जानकारी दिए ।

प्रवक्ता गिरीका अनुसार सचिवालयले यसै अवधिमा सफ्टवेयरहरू अपडेट गर्ने, भिडियो तथा अडियो रेकर्डहरूको व्यवस्थापन गर्ने लगायतका कामहरू गर्ने गर्छ । त्यसैगरी वेबसाइटहरूलाई परिष्कृत गर्ने काम पनि यसै समयमा हुन्छ । उनले यो बेलामा नीतिगत प्रकारका र क्षमता अभिवृद्धिका कामहरू पनि संघीय संसद् सचिवालयले सम्पन्न गर्ने बताए ।

कुराकानी गर्दै राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले समितिहरू सुचारु अवस्थामा रहेको बताए । उनले कतिपय समितिहरूले अधिवेशन अन्त्य भएको समयमा अनुगमनका कामहरू गर्ने गरेको बताए । उनले समसामयिक विषयहरूमा सरकारलाई ध्यानाकर्षण गराउने र निर्देशन गराउने कामपनि समितिहरूले गर्नसक्ने र सोही अनुरूप गरिरहेका पनि बताउए ।

सभापति पन्थले अधिवेशन अन्त्य भएको बेलामा सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा पनि केन्द्रित हुने गरेका बताए । 

अध्यक्षसहित राष्ट्रिय सभाका एक तिहाइ सदस्य बाहिरिँदै, निर्वाचन माघमा

नारायण न्यौपाने | मंसिर ५, २०८०

काठमाडौँ- द्विसदनात्मक सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक तिह...

सांसदको बोली राज्यले सुन्ने र जनताले पत्याउने खालको हुनुपर्छ : सांसद मिजार

इकागज | मंसिर ५, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सांसद सीता मिजारको प्रतिनिधिसभामा प्रवेशसँगै परिपक्वताका साथै संवेदनशीलरू...

सांसद र संसद्‌बारे माओवादी सचेतक चौधरी भन्छिन्- कामकुरो एकतातिर कुम्लो बोकी ठिमीतिर हुनु हुँदैन

इकागज | मंसिर १, २०८०

काठमाडौँ- निर्वाचनपछि नयाँ संसद्‌ बनेको झण्डै एक वर्ष पुग्न लागेको छ । पछिल्लो एक वर्षमा अर्थलगा...

५२ वर्षअघि भोकमरी खेपेको बंगलादेशले कृषिमा क्रान्ति ल्यायो, अब नेपालमा पनि उत्पादन बढाउनुपर्छ : सांसद श्रेष्ठ

इकागज | कात्तिक ३०, २०८०

काठमाडौँ- जनताले सांसदसँग साना–साना विकास निर्माणका कामको अपेक्षा गरिरहेका हुन्छन् । सांसदको का...

दुर्लभ थापा भन्छन्- सांसदको चुनावमा बाटो बनाइदिन्छौँ नभनी भोट दिँदैनन्

इकागज | कात्तिक २८, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापा क्षेत्रीले हाम्रोजस्तो विकासोन्मुख मुल...

‘माननीय’ शब्दको सम्मान गर्न आचारविचार र व्यवहार मननीय हुनुपर्छ : सांसद मैनाली

इकागज | कात्तिक २७, २०८०

काठमाडौँ- चार दशकभन्दा बढी राजनीति गरेका सांसद अच्युतप्रसाद मैनालीले सदनमा शालीन, बौद्धिक र प्रखरवक्ताक...

आवास निर्माणलाई तीव्र बनाउन राज्य व्यवस्था समितिको सुझाव

इकागज | कात्तिक २५, २०८०

काठमाडौँ- जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पपछि सरकारले उद्धार र उपचारमा लिएको अग्रसरताप्रति प्रतिनिध...

अर्थतन्त्र संकटोन्मुख हुँदा पनि सरकार गम्भीर नभएको सांसदहरूको आरोप

इकागज | कात्तिक २४, २०८०

काठमाडौँ- सांसदहरुले मुलुकको अर्थतन्त्र संकटोन्मुख हुँदा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । शुक्रब...

सांसद कानुन निर्माता मात्र होइन ‘अलराउण्डर’ हो : सांसद शाही

इकागज | कात्तिक २३, २०८०

काठमाडौँ- विद्यार्थीकालदेखि राजनीतिमा होमिएका सांसद दयालबहादुर शाहीको पहिचान राजनीतिककर्मीका साथै सि...

अनुगमनका लागि राज्य व्यवस्था समितिका सदस्यहरू भूकम्प प्रभावित क्षेत्रमा

इकागज | कात्तिक २२, २०८०

काठमाडौँ- प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित सदस्यहरू स्थलगत अध्य...