संसद्

अध्यक्ष यादवले भने- सत्तारूढ दलहरूले संघीयता खारेज गरिदिन्छन् कि जस्तो देखियो

इकागज | कात्तिक १६, २०८०

​​काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्तारूढ दलहरूले नै संघीयता खारेज गर्छन् कि भन्ने आशंका व्यक्त गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले हालसम्म संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन नल्याएको भन्दै सत्तारूढ दलहरूले नै संघीयता खारेज गर्छन् कि जस्तो देखिएको बताएका हुन् । उनले प्रदेशलाई अधिकार, कानुन र कार्य गर्ने आवश्यक जनशक्ति नदिँदा संघीय लोकतान्त्रिक गणतन्त्र कसरी टिक्छ भनेर प्रश्न समेत गरे ।

अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने कुरामा गम्भीर प्रश्न रहेको बताए । चुरे क्षेत्रमा उत्खनन कार्यलाई प्रतिबन्ध लगाउनुपर्ने पनि उनले भनाइ राखे ।

उनले आगामी दिनमा लामो समयसम्म संसद् अवरुद्ध हुने र संसदमा विधेयक नल्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि उल्लेख गरे ।

 

सरकारका कारण संसदकाे गतिविधि प्रभावकारी हुन नसकेकाे विष्णु पौडेलकाे आराेप

इकागज | कात्तिक १६, २०८०

​​काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारका कारण संसदको गतिविधि प्रभावकारी हुन नसेकेको...

संक्रमणकालीन न्याय टुंग्याउने विषयमा शीर्ष नेताको छलफल सकारात्मक छ : सांसद पुन

इकागज | कात्तिक १६, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले संक्रमणकालीन न्यायसँग सम्बन्धित कामहरू टुं...

कानुन बनाउन ढिलाइ हुनुमा संसद् र सांसदको मात्र दोष छैन : सांसद ढकाल

इकागज | कात्तिक १६, २०८०

काठमाडौँ- प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद ढकाल जनताको घेराबन्दीको बीचमा रहेर सांसदले काम गर्नुपर्ने हुँदा...

प्रस्तावित क्यानडाका राजदूत पौडेलको संसदीय सुनुवाइ प्रक्रिया सुरु

इकागज | कात्तिक १५, २०८०

काठमाडौँ -संघीय संसद् सुनुवाइ समितिले प्रस्तावित क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेलको संसदीय स...

विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदन समितिबाट पारित

इकागज | कात्तिक १५, २०८०

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदन प...