राष्ट्रिय मर्यादासम्बन्धी विधेयक मंगलबार राष्ट्रियसभामा पेश गरिने
काठमाडौँ– विधायन व्यवस्थापन समितिले बनाएको उपसमितिको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ मंगलवारको बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ । सोमवार सिंहदरबारमा बसेको समितिको बैठकमा छलफल गरी यस्तो निर्णय गरेको समिति सभापति जयन्तीदेवी राईले बताइन् ।
राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि समितिमा आज छलफल भएको हो । छलफलपछि समितिका निर्णय सुनाउँदै उनले यो विधेयक अगाडि नै आउनुपर्ने भए पनि ढिलो गरेर भए पनि आएको बताइन् ।
उनले छलफल उपलब्धिमूलक भएको र विधेयकको प्रतिवेदन मंगलवारको संसद् बैठकमा पेस हुने बताइन् ।