संसद्

हाम्रा सबै संरचनाहरू अपाङ्गमैत्री बनाउन जरुरी छ : विमला राई पौड्याल

इकागज | असोज २६, २०८०

काठमाडौँ–राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले सबै संरचनाहरू अपाङ्गमैत्री बनाउन जरुरी रहेको बताएकी छिन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संकल्प प्रस्तावको समर्थन गर्दै उनले यस्तो बताएकी हुन् । 

‘हाम्रो संविधानले मौलिक हक भनेर सबैको लागि बनाएको हो,’ उनले भनिन्, ‘शिक्षाको हक, स्वास्थ्यको हक, रोजगारीको हक, न्यायको हक, यस्ता थुप्रै ३२ वटा हक छन् । यी हकहरू अपाङ्गता भएका व्यक्तिहरूले अपाङ्गता भएकै कारण प्रयोग गर्न सकिरहेका छैनन् । त्यसले गर्दा सबैभन्दा पहिले सबै संरचनाहरू अपाङ्गमैत्री बनाउन जरुरी छ ।’

उनले भौतिक संरचना मात्रै नभइ जनशक्ति लगायतको संरचना पनि बनाउनु पर्ने बताइन् । ‘यसको लागि शारिरिक र भौतिक संरचनामात्रै होइन, जनशक्तिको पनि संरचना बनाउन पर्छ,’ उनले भनिन्, ‘आफूलाई पे्रगनेन्ट भएँ भन्दा बोल्न नसक्ने महिलालाई डाक्टरले पखालाको औषधि दिएर पठाएको उदाहरण छ, मसँग ।’

वर्तमान भौतिक संरचनालाई अडिट गरेर चाँडो त्यसलाई अपाङगता मैत्री बनाउन जरुरी रहेको उनले बताइन् । घरमा बस्न नसक्ने अवस्था भएकाका लागि केयर होमको व्यवस्था गर्न पनि उनले सुझाव दिइन । 

अपाङ्गता भएका व्यक्तिका लागि गरिने निर्णयमा उनीहरूको सहभागिताको सुनिश्चितता गर्न पनि जरुरी रहेको उनको भनाइ छ ।
 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कालापानी भ्रमणबारे सांसदले उठाए प्रश्न

इकागज | असोज २५, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले छिमेकी देशका प्रधानमन्त्री बिनाजानकारी ने...

मुलुकको आर्थिक अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नुपर्छ : वर्षमान पुन

इकागज | असोज २५, २०८०

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले मुलुकको आर्थिक अवस्थाका बारेमा सरकारले स्पष्ट ...

सामाजिक सद्भाव र धार्मिक सहिष्णुता तोडिन दिनुहुँदैन : सांसद केसी

इकागज | असोज २५, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता तोडिन दिनु नह...

दूरसञ्चारलाई गुणस्तरीय बनाउन नियमनकारी निकायले ध्यान नदिएको सांसदहरूको गुनासो

इकागज | असोज २५, २०८०

काठमाडौँ– सांसदहरूले दूरसञ्चारलाई गुणस्तरीय बनाउनेतिर नियमनकारी निकायले ध्यान नदिएको गुनासो गर...

स्थानीय तहका कर्मचारीहरूको माग अविलम्ब पूरा गरियोस् : सांसद थापा

इकागज | असोज २५, २०८०

काठमाडौँ- नेकपा एमालेका सांसद सूर्य थापाले स्थानीय तहका कर्मचारीहरूको माग अविलम्ब पूरा गर्न सरकारसँग म...