संसद्

एमालेको आरोप– उद्योगीहरूले चिनीको कृत्रिम अभाव सिर्जना गराए

इकागज | असोज २५, २०८०

काठमाडौँ– नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले चाडपर्वको मुखमा उद्योगीहरूले चिनीको कृत्रिम अभाव सिर्जना गराएको आरोप लगाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालका चिनी उद्योगीहरूसँग पर्याप्त मात्रामा चिनी रहेको बताए । 

‘नेपालका चिनी उद्योगीहरूसँग अहिले पनि पर्याप्त मात्रामा चिनी छ । तर त्यो बजारमा आउन सकेको छैन । बजारमा कालोबजारी मौलाएको छ,’ गिरीले भने, ‘सरकारले त्यस्ता कालोबजारीयाहरू  प्रश्रय दिने काम गरेको छ । चाडपर्वको मुखमा नागरिकको खाद्यको अधिकारलाई सरकारले कुण्ठित नगरोस् ।’

उनले आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि सरकार निर्मम भइरहेको आरोप पनि लगाए । सरकार निर्मम भएकै कारण धेरै कर्मचारी घाइते भएको उनले बताए । घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले भने, ‘सरकारको यस कदमको भर्त्सना गर्दछु ।’

३२५ अर्ब राजश्वको वक्यौता असुल गरेको प्रगति विवरण तत्काल समितिलाई उपलब्ध गराउन निर्देशन

इकागज | असोज २४, २०८०

काठमाडौँ - सार्वजनिक लेखा समितिले सरकारलाई महालेखापरीक्षकको ६० औं प्रतिवेदनले देखाएको ३२५ अर्ब राजश्वक...

बेरुजु नियन्त्रण गर्न कर्मचारी संयन्त्र नै जिम्मेवार बन्न आवश्यक छः सांसदहरू

इकागज | असोज २४, २०८०

काठमाडौँ - मुलुकको बेरुजु नियन्त्रण गर्न कर्मचारी संयन्त्र नै जिम्मेवार बन्न आवश्यक रहेको सांसदहरुले बताएक...

रास्वापा सभापति लामिछानेले भने : मन्त्रिपरिषद्का निर्णय अख्तियारले हेर्नु पाउनुपर्छ

इकागज | असोज २४, २०८०

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले मन्त्रीपरिषद्का निर्णय पनि अख्तियारले हेर्नु पाउ...

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे शीर्ष नेताहरूसँग छलफल गर्नुपर्छ : मन्त्री गुरुङ

इकागज | असोज २३, २०८०

काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसँग सम्बन्धि...

संसदीय समितिको निर्देशन- इजरायलमा ज्यान गुमाएका नागरिकको शव तत्काल स्वदेश ल्याउनू

इकागज | असोज २३, २०८०

काठमाडौं -संसदीय समितिले इजरायलमा ज्यान गुमाएका नेपालीहरूको शव तत्काल स्वदेश ल्याउन सरकारलाई निर्देशन ...

विद्युत् विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

इकागज | असोज २२, २०८०

काठमाडौँ- प्रतिनिधिसभाले विद्युत् विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । सोम...

इजरायलमा अलपत्र परेका नेपालीको तुरुन्त उद्धार गर्न सांसद सिंहको माग

इकागज | असोज २२, २०८०

काठमाडौँ–नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुन नरसिंह केसीले इजरायलको आक्रमणमा पर...