संसद्

इजरायलमा अलपत्र नेपालीको शीघ्र उद्धार गर्न सांसद श्रेष्ठको माग

इकागज | असोज २२, २०८०

काठमाडौँ–प्रतिनिधिसभा सदस्य अन्जनी श्रेष्ठले इजरायलमा अलपत्र नेपालीको यथाशिघ्र उद्दार गर्न माग गरेकी छिन् । सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग राखेकी हुन् । 

‘इजरायलको आक्रममाणमा १० जना नेपालीको मृत्यू भइसकेको, कतिपय नेपालीहरू घाइते भइसकेको खबर कतिपाय सम्पर्कबिहीन भएको खबरले हामी मर्माहित छौँ,’ उनले भनिन्, ‘मृतक परिवारलाई कसरी मलहम पट्टि लगाउने ?’

उनले आक्रमणमा परि घाइते भएका र अलपत्र परेका नेपालीलाई तत्काल उद्दार गर्न सरकार र मन्त्रालायलाई अनुरोध गरिन् ।

‘घाइतेहरूलाई कसरी उद्दार गर्ने र बाकी रहेका नेपालीलाई यथाशिघ्र स्वदेश ल्याउन सम्बन्धित मन्त्रालयको ध्याआकर्षण गराउन चाहन्छु,’ उनले भनिन् । 
 

हरेक पसलमा अनिवार्य बीलबिजक जारी गर्ने व्यवस्था मिलाउन समितिको निर्देशन

इकागज | असोज २२, २०८०

काठमाडौँ - सार्वजनिक लेखा समितिले हरेक पसलमा मूल्यसूची राख्न र अनिवार्यरुपमा बीलबिजक जारी गर्ने व्...

विद्युत् विधेयकमा जलस्रोतको बहुपक्षीय उपयोग हुने गरी आएको छ : सांसद पुन

इकागज | असोज २१, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले जलस्रोतलाई बहुपक्षीय र बहुउद्देश्यीय रूपमा उपयो...

ऊर्जा क्षेत्रको सर्वाङ्गीण विकास गर्ने लक्ष्यका साथ नयाँ विद्युत् विधेयक

इकागज | असोज २१, २०८०

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समग्र आर्थिक क्षेत्रको विकासला...

शिक्षामा लगानी बढाउँदै लैजानुपर्छ भन्ने कुरामा सरकार प्रष्ट छ : शिक्षामन्त्री राई

इकागज | असोज २१, २०८०

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षामा लगानी बढाउँदै जानुपर्छ भन्ने कुरामा...

प्रदेश खारेज गरेर स्थानीय तहलाई स्वायत बनाउनुपर्छः अध्यक्ष केसी

इकागज | असोज २१, २०८०

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेशलाई खारेज गरेर स्थानीय तहलाई स्वायत बनाउन...