सुन प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन प्रकरणबारे उच्चस्तरीय आयोग बनाउने प्रक्रिया अघि बढेको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको पनि सदनलाई जानकारी गराउन चाहन्छु ।'
प्रधानमन्त्री दाहाले सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको समेत जानकारी दिए ।
प्रधानमन्त्री दाहालले आफ्नो संयुक्त राष्ट्रसंघको महा सभामामा हुने उपस्थिति र चीन भ्रमणबारे समेत सदनलाई जानकारी गराएका थिए ।