उपेन्द्र यादवले दायर गरेको रिटको पेसी न्यायाधीश ढुंगानाको एकल इजलासमा

इकागज | जेठ ७, २०८१

काठमाडौं - जसपा नेपाल छोडेका अशोक राईसहित ७ सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा मतदानको प्रक्रियामा र अन्य संसदीय गतिविधिमा पनि रोक लगाउन माग गर्दै उपेन्द्र यादवले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

उपेन्द्रले दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । उपेन्द्रले आइतबार रिट हालेका थिए ।

उपेन्द्रले जेठ ८ गते सर्वोच्चले जसपा विभाजन बारे दायर गरिएको रिटको अन्तिम सुनुवाइ हुने र त्यति बेलासम्म सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिँदै जसपा विभाजन यथास्थितिमा राख्न आदेश दिएको उल्लेख गर्दै रिट दायर गरेका थिए ।

कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो - समिति बनाएर मात्रै विश्वासको मत लिन सदनमा आउनुस्

इकागज | जेठ ७, २०८१

काठमाडौं - प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहकारी बचत र...

काँग्रेसको संसद अवरोध जारी रहने, प्रधानमन्त्रीले कसरी लेलान् विश्वासको मत ?

इकागज | जेठ ७, २०८१

काठमाडौँ - आज प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भने पनि नेपाली काँग्रेसले संसद अवरोध जार...

देशको आर्थिक समस्याबारे सरकार गम्भीर हुनुपर्छ : अध्यक्ष लिङ्देन

इकागज | जेठ ६, २०८१

काभ्रेपलाञ्चोक- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले आर्थिक समस्या बल्झँदै ज...