लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको पुष्टि भयो : वाग्ले

इकागज | कात्तिक ८, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले राजनीतिक प्रतिशोधको साँधेर सभापति रवि लामिछानेलाई पक्राउ गरेको आरोप लगाएको छ ।

बिहीबार बिहान पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपा उपसभापति स्वर्णिम वाग्लेले लामिछानेमाथि राजनीतिक प्रतिशोध पुष्टि भएको बताए ।

डा. वाग्लेले लामिछानेलाई १२५ घण्टा हिरासतमा राख्दा ४–५ घण्टामात्र बयान लिइएको भन्दै प्रतिशोधले पक्राउ गरेको पुष्टि भएको बताए ।

उनले भने-‘सरकारले मानमर्दन गर्ने, अपमान गर्ने शैलीमा सरकार प्रस्तुत भएको छ, यसको एउटै मकसद के हो त तेरो सेखी झार्छु, देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भएको छ । राजनीतिक प्रतिशोधले नै पक्राउ गरेको हिजो साँझसम्मको घटनाक्रमले पुष्टि भएको छ । ’

साथै वाग्लेले न्यायलयको गरिमा र आँच पुग्ने कुरामा आफुहरूले कुनै काम नगरेको बताउँदै आफुहरूको प्रश्न राजनीतिक भएको र कार्यपालिकाप्रति भएको बताए ।

यसैबीच एलामिछानेलाई पोखरामा अनुसन्धानका लागि थप म्याद लिएर बयानका लागि रुपन्देही पठाउने तयारी प्रहरीले गरेको छ । यसअघि गोर्खा मिडियाका पुर्व सञ्‍चालक छबिलाल जोशीलाई पनि रुपन्देही लगेर बयान लिएर पोखरा ल्याइएको छ । 

प्रतिपक्षी दलका नेताहरूले राष्ट्रपतिसँग भने - सरकारले संविधानको मर्म विपरीत काम गर्‍यो

इकागज | कात्तिक ७, २०८१

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदमा प्रतिपक्षमा रहेका दलका नेताहरूले भेट गरेका छन् । ...

कांग्रेसले भन्यो: लामिछानेका समर्थकले हुल–हुज्जत गरेर न्यायिक प्रक्रियालाई प्रभावित पारे

इकागज | कात्तिक ७, २०८१

काठमाडौँ - नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ...

रास्वपालाई विश्वप्रकाशको सुझाव- सडकबाट विलाप नगरौं

इकागज | कात्तिक ७, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्...

धनराज गुरुङको प्रश्न - निकिता पौडेललाई पनि हिरासतमा राखेर कारबाही किन नगरेको ?

इकागज | कात्तिक ६, २०८१

काठमाडौँ - नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सहकारी प्रकरणमा आफ्नो संलग्नता नहरेको स्पष्ट पारेका...