एमालेको पहलमा शान्ति प्रक्रिया टुङ्गोमा पुग्ने चरणमा : केपी ओली

इकागज | फागुन ४, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पहलमा शान्ति प्रक्रिया टुङ्गोमा पुग्ने चरणमा रहेको बताएका छन् ।

विश्व सामाजिक मञ्च २०२४ को अवसरमा नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार काठमाडौँमा आयोजना गरेको समाजवादको विश्वव्यापी सम्भावना नामक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले अहिलेको संविधानमा सामाजिक न्यायसहितको अधिकार स्थापित गरेको भन्दै यसलाई सबै मिलेर कार्यान्वयन गरिने धारणा राखे । उनले एमाले सरकारमा रहँदा सामाजिक न्यायसहितको आर्थिक विकासमा जोड दिएको र त्यसका लागि आवश्यक पूर्वाधार बनाएको दाबी गरे ।

महिला अधिकार, शिक्षा, स्वच्छ खानेपानी र स्वास्थ्य बीमासहित सामाजिक सुरक्षाका क्षेत्रमा एमाले सरकारले धेरै काम गरेको ओली​ले बताए । उनले सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्नका लागि प्रतिबद्ध रहेको धारणा राखे । त्यस्तै उनले समाजवादले नै मुलुकलाई अघि बढाउन सकिने र सबै प्रकारका विभेद अन्त्य गर्ने बताए ।

अध्यक्ष ओलीले सामाजिक न्यायका आधारमा परराष्ट्र नीति र सम्बन्ध पारस्परिक लाभलाई अघि बढाउने धारणा राखे । 

कांंग्रेसमा सनातन हिन्दु राष्ट्रको पक्षमा निर्णय लिन २२ जना नेताको प्रस्ताव

इकागज | फागुन ४, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका २२ जना नेताले सनातन हिन्दु राष्ट्र नेपालको पक्षमा निर्णय लिन प्रस्ताव राखेका ...

महासमितिको बैठकमा पेश हुने प्रतिवेदन गठबन्धनको छाँयाजस्तो देखियोः शेखर कोइराला

इकागज | फागुन ४, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता सांसद डा. शेखर कोइरालाले महासमितिको बैठकले १५ ‍औँ म...

सनातन हिन्दु राज्य स्थापनाबारे काँग्रेस महासमिति बैठकमा छलफल हुनुपर्छ : केन्द्रीय सदस्य थपलिया

इकागज | फागुन ४, २०८०

काठमाडौँ - नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले कांग्रेसको आसन्न महासमिति बैठकमा सनातन हिन्...

केन्द्रीय सदस्य ऐन महरले दिएको राजीनामा एमाले सचिवालयबाट स्वीकृत

इकागज | फागुन ४, २०८०

काठमाडौँ- ऐन महरले दिएको नेकपा एमालेका केन्द्रीय सदस्यबाट दिएको राजीनामा स्वीकृत भएको छ । उनले एमाले ...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि, प्रतिवेदनमाथि छलफल हुने

इकागज | फागुन ४, २०८०

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । सानेपा ललितपुरस्थित केन्द्रीय ...

ललिता निवास काण्डमा जसको आदेशमा भ्रष्टाचार भयो उनीहरू नै निर्दोष भए : कमल थापा

इकागज | फागुन ३, २०८०

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले ललिता निवास जग्गा काण्डमा भ्रष्टाचारको आदेश दिनेह...

माओवादीले पार्टीका सबै कमिटी प्रत्यक्ष निर्वाचनको विधिबाट गठन गर्ने

इकागज | फागुन ३, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) पार्टीका सबै कमिटी प्रत्यक्ष निर्वाचनको विधिबाट गठन गर्ने निर्णय गरेको छ...