एमाले रौतहटको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदै

इकागज | माघ २९, २०८०

रौतहट -  नेकपा (एमाले) रौतहटको अध्यक्षमा दुई जनाको उम्मेदवारी कायम भएको छ ।

एमाले रौतहटको दशौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो । अध्यक्ष पदमा अखिलेश्वर चौधरी र सचिवानन्द साहको उम्मेदवारी कायम भएको छ । यसअघि अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको थियो जसमध्ये अमर आले र बैजनाथ सहनीको उम्मेदवारी फिर्ता भएको निर्वाचन अधिकृत बालविक्रम कार्कीले जानकारी दिए ।

जिल्ला उपाध्यक्षका लागि उपेन्द्रराय यादव, चन्दनकुमार कुशहवा, मनिलाल सहनी, रामआषिश साह, रुपेशकुमार पटेल र सुरेशकुमार राय यादव गरी ६ जनाको उम्मेदवारी कायम रहेको उनले बताए ।

यस्तै सचिवमा बाबुराम दाहाल र शिवप्रसाद आचार्यको उम्मेदवारी कायम रहेको छ ।​

यसैगरी, उपसचिवमा अवधेशकुमार यादव, अशोक पहाडी, कमलेशकुमार मिश्रा, फैजल अहमद र सोविन्द्र चौधरी गरी पाँच जनाको उम्मेदवारी रहेको छ ।​

तीन दिन सर्वसम्मतको प्रयास गर्दा समेत सहमति हुन नसकेपछि आज बिहान ९ बजेदेखि २ बजेसम्म मतदान माध्यमबाट नेतृत्व चयन गर्ने तयारी भएको निर्वाचन अधिकृत कार्कीले बताए ।

यसअघि हिजो आइतबार नै निर्वाचन हुने भनिएपनि आइतबार सर्वसहमतिकै प्रयास दिनभरि जारी रहेको थियो तर सहमत हुन नसकेपछि आज ९ बजेबाट २ बजेसम्म मतदान हुन लागेको बताइएको छ ।

माओवादी केन्द्रीय समिति बैठक : प्रदेश इञ्चार्ज र अध्यक्षहरूको ‘रिपोर्टिङ’

इकागज | माघ २८, २०८०

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा नेताहरू...

कांग्रेस महासमिति बैठकका लागि यातायात व्यवस्थापन उपसमितिमा सदस्य थप

इकागज | माघ २८, २०८०

काठमाडौँ- नेपाली कांग्रेसको आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको महासमिति ब...

गृहमन्त्रीलाई रवि लामिछानेको प्रश्न : विनोद चौधरीसँग बयान लिइयो कि लिइएन ?

इकागज | माघ २८, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाल...

रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकार चुक्यो : विश्वप्रकाश शर्मा

इकागज | माघ २८, २०८०

काठमाडौँ- प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले रुसी सेन...

ओली पुगे शालिनदीमा

इकागज | माघ २८, २०८०

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शालिनदी पुगेका छन् ।​ स्वास्थानी माताको दर्शन गर्न ओली...