एमाले महोत्तरी अधिवेशन : सहमति हुन नसकेपछि चुनावी प्रक्रिया सुरु

इकागज | माघ २४, २०८०

महोत्तरी- नेकपा एमालेको महोत्तरी जिल्ला अधिवेशन सहमतिमा हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । पछिल्लो डेढ दशकयता तदर्थ समितिको भरमा चल्दै आएको एमालेको छैटाैँ अधिवेशन सहमतिमा हुन नसकेपछि २ वटा प्यानलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।

माघ २२ गतेबाट सुरु भएको अधिवेशन सहमतिमा गर्नुपर्ने शीर्ष नेताहरूले जोड दिए पनि चुनावी प्रतिस्पर्धा गर्नुपर्ने माहोल सिर्जना भएको निवर्तमान अध्यक्ष कालिचरण साहले जानकारी दिए । अहिले बलिराम यादव र शिवचन्द्र सिंहको प्यानल चुनावी प्रतिस्पर्धामा होमिएको छ, जसमा दुई वटा गुटले यादव र सिंहलाई साथ दिएका छन् ।

एमाले महोत्तरीका नेताहरूका अनुसार रामदयाल मण्डल, जुलि महतो, रघुवीर महासेठसहितको एउटा गुटले शिवचन्द्र सिंहलाई र  सरोज यादवको अर्को गुटले बलिराम यादवलाई साथ दिएकाे छ ।

एमाले महोत्तरीमा यसअघि निर्धारण भएको अधिवेशनहरू सरोज यादव र रामदयाल मण्डलकै कारण स्थगित भएको थियो ।

दर्जनौँ पटक कहिले आन्तरिक कलह त कहिले नेताहरूको निजी स्वार्थको कारण विवादित बन्दै आएको अधिवेशन अहिले भने मनोनयन दर्ता भएसँगै नेता कार्यकर्ताहरूमा उत्साह देखिएको छ । खुलासत्रमा अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन सहमतिमा नै हुने विश्वास व्यक्त गरेका थिए । तर, तल्लो तहको नेता, कार्यकर्ताहरूको लोकतान्त्रिक प्रक्रियाप्रतिको निष्ठाले महोत्तरी मात्र हैन अन्य जिल्लामा समेत प्रतिरोध हुँदै आएको देखिएको छ ।

नागरिकता किर्ते, सरकारी जग्गा कब्जा, भ्रष्टाचार गर्नेहरूलाई राजनीतिक संरक्षण मिल्यो : लामिछाने

इकागज | माघ २४, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राज्यको सम्पत्ति दोहन गर्नेलाई राजनीत...

सरकारको सुशासनको अभियानलाई कसैले पनि राजनीतिक रंग नदिऔँ : जनार्दन शर्मा

इकागज | माघ २४, २०८०

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री जनार्दन शर्माले सरकारको सुशासनको अभियानलाई सबै ...

जनतामा गुम्दै गइरहेको विश्वासलाई भरोसामा बदल्न सरकार जिम्मेवारीपूर्वक अघि बढ्नुपर्छ : गगन थापा

इकागज | माघ २४, २०८०

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जनतामा गुम्दै गइरहेको विश्वासलाई भरोसामा बदल्न...

जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रूपमा मनाउने आजपाको निर्णय

इकागज | माघ २३, २०८०

काठमाडौँ- आम जनता पार्टी (आजपा) ले जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रूपमा मनाउने निर्णय गरेको ...

देशभित्रै उद्यमशीलताको विकास गरी विदेशिने युवा जनशक्तिलाई रोक्नुपर्छ : ओली

इकागज | माघ २३, २०८०

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभित्रै उद्यमशीलताको विकास गरी विदेशिने युवा जनशक्त...

विदेशी शक्तिको इसारामा नेपालबाट हिन्दु राष्ट्र हटाइएको हो : कमल थापा

इकागज | माघ २३, २०८०

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशी शक्तिको इसारामा नेपालबाट हिन्दु राष्ट्र हटाइएको आरोप...

संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई जसपाको निर्देशन

इकागज | माघ २३, २०८०

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) ले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन दि...