माओवादी केन्द्रीय समिति बैठक बस्दै

इकागज | माघ २८, २०८०

काठमाडौं - नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दैछ ।

विधान अधिवेशन अघि बसेको स्थायी समिति बैठक सम्पन्न भए पछि केन्द्रीय समिति बैठक बोलाइएको हो । 

माओवादीको विधान अधिवेशन यही फागुन १–३ गते काठमाडौंमा हुँदैछ ।  

सो सम्मेलनमा प्रस्तुत हुने विधानका बारेमा प्रारम्भिक छलफलका लागि गत शुक्रबार र शनिबार २ दिन स्थायी समिति बैठक बसेको थियो ।

सो बैठकमा केन्द्रीय समितिको आकार घटाएर १ सय ५१ सदस्य बनाउने तथा सोको प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिइएको छ ।

आजको केन्द्रीय समिति बैठक पार्टीको विशेष रुपान्तरण अभियानको समीक्षामा केन्द्रित हुने पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नी प्रसाद सापकोटाले जानकारी दिएका छन ।

माओवादीले केन्द्रीय कमिटीमा रुपान्तरण अभियानको समीक्षा गर्ने

इकागज | माघ २७, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले पार्टीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको केन्द्रीय कमिटीमा स...

कामको आधारमा निर्वाचन जित्न नसके रुवाबासीको अर्थ छैन : गगन थापा

इकागज | माघ २७, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कामको आधारमा निर्वाचन जित्न नसके रुवाबासीको अर्थ नहुन...

ल्होछारले शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने देउवालाई विश्वास

इकागज | माघ २७, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सोनाम ल्होछारको शुभकामना व्य...