दल

माओवादी स्थायी समिति बैठक आज पनि, विधान मस्यौदामाथि छलफल हुने

इकागज |
माघ २७, २०८० शनिबार ८:४६ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी रहनेछ ।

पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबारदेखि सुरु भएको बैठक आज बिहान ११ बजेदेखि फेरि बस्‍न लागेको हो । शुक्रबारको बैठकमा विधान मस्यौदा कमिटीले आफ्नो मस्यौदा विधान प्रतिवेदन पेश गरेको छ ।


उक्त प्रस्तावमाथि स्थायी कमिटी सदस्यहरूले बोल्ने क्रम सुरू भएको छ । आगामी फागुन १ देखि हुन लागेको प्रथम विधान अधिवेशन अघि माओवादीले मस्यौदा विधानलाई अन्तिम रुप दिन लागेको हो ।
 


Author

थप समाचार
x