हाम्रो ध्यान लोकतन्त्रको संरक्षणमा केन्द्रित छ : रवि लामिछाने

इकागज | माघ २३, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूको ध्यान लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रित रहेको बताएका छन् ।

रफत सञ्चार क्लबको १४ औं वार्षिकोत्सवका अवसरमा मंगलबार भक्तपुरमा आयोजित कार्यक्रममा सभापति लामिछानेले देशमा कयौँ नेता र दलहरूको जन्म भए पनि आफूहरूको ध्यान भने लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रित रहेको बताएका हुन् । जुनसुकै परिस्थिति आए पनि मुलुकको लोकतन्त्रको हरण नहोस् भनेर काम अघि बढाउने उनले बताए ।

त्यस्तै सभापति लामिछानेले संविधानको रक्षा र परिवर्तनको संस्थागतका साथै सरकारले ल्याउने कानुनहरूलाई ध्यानमा राखेर प्राथमिकताका आधारमा रास्वपाले सदनमा जिम्मेवार भएर भूमिका निर्वाह गर्ने धारणा राखे । उनले आफ्ना बारेमा उठेका विभिन्न प्रश्नहरूको सामना गर्न आफू तयार रहेको र आफूप्रतिको आरोप र लान्छनाप्रति आक्रोशित नभएको बरु यसले आफूलाई प्रष्ट पार्ने मौका पाएको जिकिर गरे ।

राजनीतिको सेवा र पत्रकारिताको सेवा एकैपटक सम्भव नहुने भन्दै पत्रकारितालाई राजनीतिबाट पर राख्न उनले सुझाव दिए ।

कार्यक्रममा नेपाल टेलिभिजनका पत्रकार एवं पत्रकार महासंघका पूर्व उपाध्यक्ष दिलीपकुमार थापा मगर, पत्रकार शिवकुमार भट्टराईलगायतलाई सम्मान गरिएको थियो । 

बालेनलाई शंकर पोखरेलको जवाफ: धरहरा पुननिर्माणको महत्व नबुझ्नेले आलोचना गर्छ

इकागज | माघ २३, २०८०

काठमाडौँ  - नेकपा एमाले महासचिव शंकर पोखरेलले धरहरा पुननिर्माणको परियोजनाको दूरदर्शी र मह...

बुढाथोकीको निधनमा काँग्रेसले तीन दिन पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गर्ने, झण्डा आधा झुकाउने

इकागज | माघ २३, २०८०

काठमाडौँ - नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख ...

सदनलाई सत्ता टिकाउने माध्यम मात्रै बनाए रास्वपाले कडा खबरदारी गर्छ : रवि लामिछाने

इकागज | माघ २२, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सदनलाई सत्ता टिकाउने माध्यम म...

म फरार भएको छैन, स्वस्थ पत्रकारिता गर्नुस् : ज्ञानेन्द्र कार्की

इकागज | माघ २२, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सांसद एवं पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफू मिडियामा आएजस्तै फ...

देउवाले गरे भूतपूर्व सैनिक संघको केन्द्रीय सदस्यहरू मनोनयन (सूचीसहित)

इकागज | माघ २२, २०८०

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल भूतपूर्व सैनिक संघ, केन्द्रीय तदर्थ कार्यसम...

शेखरलाई कार्यकर्ताको प्रश्न - हाम्रै साथी काट्दा रगत लत्पतिएको हातसँग कसरी हामीले हात मिलाउँने ?

इकागज | माघ २२, २०८०

 झापा - समुदायमा कांग्रेस अभियानका लागि झापा पुगेका नेपाली कांग्रेसका नेता डा शेखर कोइराल...