दल

राप्रपा संसदीय दलको बैठक : हिउँदे अधिवेशन आह्वान गर्न आग्रह

इकागज |
माघ २६, २०८० शुक्रबार २१:९ बजे

फाइल तस्बिर

मकवानपुर- बागमती प्रदेशसभा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको आज काठमाडौँमा बसेको बैठकले प्रदेशका जनताको जनजीविका र राष्ट्रिय गौरवका आयोजनाका विषयमा संसदमा तत्काल छलफल गर्न सरकारलाई हिउँदे अधिवेशन बैठक यथाशीघ्र आह्वान गर्न माग गर्ने निर्णय गरेको छ ।

बैठकले मुलुकको वर्तमान राजनीतिक अवस्थामा बाह्य शक्तिको बढ्दो प्रभावबाट राष्ट्रियतामाथि आँच पुगेको र पार्टीको सङ्गठनात्मक स्वरूप तथा संसदमा खेल्नुपर्ने भूमिकाको सन्दर्भमा समीक्षा गरिएको राप्रपा संसदीय दलका नेता उद्धव थापाले बताए ।


उनले प्रदेश सरकारलाई राष्ट्रिय गौरवका आयोजना बाँडफाँट, संसदमा रहेका प्रतिपक्ष दलसँग भएको सहमतिलाई कार्यान्वयन गर्न र प्रदेशमा सुशासन तथा भ्रष्टाचारमुक्त तुल्याउन केही दिनभित्रै राप्रपा संसदीय दलका तर्फबाट प्रदेश सरकारलाई ज्ञापनपत्र हस्तान्तरण गर्ने कार्यसूची रहेको जानकारी दिए ।


Author

थप समाचार
x