कोशी

अग्निपीडित परिवारलाई नगद हस्तान्तरण

इकागज |
बैशाख १८, २०८१ मंगलबार १०:४ बजे

भोजपुर- भोजपुरका दश अग्निपीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । पीडितपरिवारलाई विदेशमा रहेका नेपालीबाट सङ्कलित रु दुई लाख ८३ हजार आठ सय १० हस्तान्तरण गरिएको हो । 

गत चैत ३ गते भोजपुर नगरपालिका–१२ टक्सारका पाँच परिवार र वैशाख ११ गते सोही नगरपालिका–८ पोखरेका पाँच परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।


कोशी प्रदेशसभा सदस्य विनोद वान्तावाले  पीडितलाई प्रतिपरिवार रु २८ हजार तीन सय ७१ का दरले राहत हस्तान्तरण गरेका हुन् । हङ्कङ–भोजपुर सेवा समाजका अध्यक्ष इन्द्रराज श्रेष्ठको पहलमा रकम सङ्कलन गरिएको हो । 


Author

थप समाचार
x