कोशी

कोशीमा नवनियुक्त मन्त्रीहरूले लिए शपथ

इकागज |
जेठ ४, २०८१ शुक्रबार १८:५६ बजे

काठमाडौँ- कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । नव नियुक्त मन्त्रीहरुलाई प्रदेशप्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।   

मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद्को विस्तार गरेका हुन् । मुख्यमन्त्री कार्कीले एमालेका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री तथा माओवादीका दुई जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।


मुख्यमन्त्री कार्कीले एमालेका राम रानालाई अर्थ, पञ्चकर्ण राईलाई सामाजिक विकास, लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला र एकराज कार्कीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने तथा सिर्जना राईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । 

त्यस्तै माओवादीका गणेश उप्रेतीलाई भौतिक योजना, नारायण बुर्जामगरलाई पर्यटन  र राजेन्द्र कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने बन्दना झाँगडलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । र झाँगडलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।


Author

थप समाचार
x