कोशी

कोशीको मन्त्रिपरिषद विस्तार, ५ मन्त्री र दुई राज्यमन्त्री थपिए

इकागज |
जेठ ४, २०८१ शुक्रबार १६:५५ बजे

फाइल तस्बिर

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद्को विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले एमालेका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री तथा माओवादीका दुई जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले एमालेका राम रानालाई अर्थ, पञ्चकर्ण राईलाई सामाजिक विकास, लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला र एकराज कार्कीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने तथा सिर्जना राईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । 


त्यस्तै माओवादीका गणेश उप्रेतीलाई भौतिक योजना, नारायण बुर्जामगरलाई पर्यटन  र राजेन्द्र कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने बन्दना झाँगडलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । र झाँगडलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।


Author

थप समाचार
x