कोशी

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी संकलन

इकागज |
जेठ ३, २०८१ बिहीबार १२:६ बजे

फाइल तस्बिर

फुङ्लिङ (ताप्लेजुङ)- मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरामा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी संकलन भएको छ । वैशाखमा संकलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो । 

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले संकलित भेटी बैंक दाखिला गरिएको बताए ।


समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ ।

गत महिना ५१ हजार आठ सय चार जनाले देवीको दर्शन गरेका थिए ।

चालु आर्थिक वर्षको वैशाखसम्ममा दुई लाख २० हजार दुई सय ७२ जना पाथीभरा आएका समितिले जनाएको छ ।


Author

थप समाचार
x