क्रिकेट

आईपीएलः मुम्बईले आज राति लखनउको सामना गर्ने

इकागज |
बैशाख १८, २०८१ मंगलबार १०:४१ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज राति मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सको सामना गर्ने भएको छ ।

मुम्बई र लखनउबीचको खेल लखनउमा नेपाली समयअनुसार राति ७:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


जारी आईपीएलमा ९ खेलबाट ६ अंक जोडेको मुम्बई तालिकाको नवौं स्थानमा छ । मुम्बईले ३ खेलमा जित हात पार्दा ६ खेलमा पराजय भोगेको छ ।

यता ९ खेलबाट १० अंक जोडेको लखनउ भने पाँचौँ स्थानमा छ । लखनउले ५ खेलमा जित हात पार्दा ४ खेलमा पराजय भोगेको छ ।


Author

थप समाचार
x