दल

देशमा भ्रष्टाचार र लुटतन्त्रमात्रै देखियो : लिङ्देन

इकागज |
माघ २४, २०८० बुधबार १४:२७ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले देशमा भ्रष्टाचार र लुटतन्त्र मौलाएको आरोप लगाएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा उनले सरकारले सुशासन र प्रगतिका कुरा मात्रै गरे पनि देशमा भ्रष्टाचार र लुटतन्त्रमात्रै देखिएको आरोप लगाएका हुन् ।


मुलुक परिवर्तनमा गएपछि भ्रष्टाचार चरम रूपमा बढेको उनले बताए । उनले एनसेल, टेरामक्सलगायतमा पनि अनियमितता भएको र जनतालाई ठग्ने काम भएको उल्लेख गरे । लिङ्देनले अहिले मुलुक सीमित राजनीतिक दलका नेताको कैदमा रहेको र देश यही अवस्थामा राखिराख्न नसक्ने बताए ।

पार्टी​ अध्यक्ष लिङ्देनले मुलुकलाई अघि बढाउन नयाँ सम्झौताका साथ अघि बढ्न सुझाव दिए ।


Author

थप समाचार
x