दल

कांग्रेसको प्रचारप्रसार उपसमितिमा सात सदस्य मनोनीत

इकागज |
माघ २६, २०८० शुक्रबार २०:४ बजे

काठमाडौँ- नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन प्रचारप्रसार उपसमितिमा सदस्य मनोनीत गरेको छ ।

कांग्रेसले केन्द्रीय सदस्य एवं केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माको संयोजकत्वमा गठित 'प्रचार प्रसार उपसमिति' मा आज सात जना सदस्य मनोनीत गरेको हो ।


पार्टीले उपसमितिमा किरण गिरी, बद्री सिग्देल, सरोज अधिकारी, रोजी पराजुली ढकाल, महेश्वर गौतम, केदारनाथ दाहाल, जगत प्रजापतिलाई मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


Author

थप समाचार
x