दल

कांग्रेसले आज पनि टुंगाे लगाउन सकेन उपनिर्वाचनकाे उम्मेदवार

इकागज |
चैत २१, २०८० बुधबार १९:१३ बजे

फाइल फाेटाे

काठमाडौं - उपनिर्वाचनमा उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक आज पनि अनिर्णित बनेको छ। संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा उम्मेदवार छनोट हुन नसकेको हो।

कांग्रेसमा भेषराज आचार्य र डम्बर खड्का इलाम-२ मा मुख्य प्रत्याशीका रूपमा देखिएका छन्। शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले आचार्यलाई टिकट दिनुपर्ने माग गरिरहेकोमा सभापति शेरबहादुर देउवा सहमत हुन सकेका छैनन्।


आज पनि कुरा नमिलेपछि भोलि बिहान ९ बजे संसदीय बोर्डको बैठक बोलाइएको छ। यसैगरी दिउँसो कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे बस्ने छ। 

कांग्रेस प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले बैठक सहमति नजिक रहेको बताएका छन्।


Author

थप समाचार
x