दल

कांग्रेसको तयारी : दलीय प्रतिनिधिमा रामहरिले, 'ढ्यापढ्याप'पछि गगनले बोल्ने अनि संसद्‌ अवरूद्ध गर्ने

इकागज |
बैशाख २८, २०८१ शुक्रबार १३:४ बजे

फाइल तस्बिर

काठमाडौँ- आजदेखि सुरू हुने संसद्‌को बजेट अधिवेशन सुरू हुँदैछ । संसद्‌ बैठकमा नेपाली कांग्रेसले बोलेपछि बैठक अवरुद्ध गर्ने तयारी कांग्रेसले गरेको छ ।

बैठकमा कांग्रेसको प्रतिनिधिको रूपमा सांसद रामहरि खतिवडाले बोल्दै गृहमन्त्री लामिछानेमाथि सहकारी छानबिन समिति गठन गर्नुपर्ने माग राख्ने तयारी छ । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिको हैसियतमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्ने दिने तयारी छ ।


लामिछानेले बोलेपछि कांग्रेस सांसदहरूले ढ्यापढ्याप गर्दै उठेर बोल्ने समय माग्ने र कांग्रेस महामन्त्री गगन थापाले बोल्ने तयारी छ । थापाले बोलेपछि संसद्‌ बैठक अवरूद्ध गर्ने कांग्रेस तयारी रहेको एक सांसदले बताए ।

शुक्रबार संसदीय दलको बैठकको बैठकपछि बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले लामिछानेमाथि संसदीय समिति माग उचित रहेको पुष्टि भएको बताएको छ ।

'पहिलो अर्बौं रूपैयाँ सहकारीमा बचत भएको थियो, त्यो ठगी हो । यो विषय कांग्रेसको मात्र विषय नभएर सबैको चासोको विषय हो' लेखकले भने 'दुरुपयोगको काममा गृहमन्त्री रवि लामिछाने संलग्नता तमाम पर्याप्त तथ्य प्रमाण देखिएको छ । यो अनुसन्धान स्वतन्त्र निष्पक्ष होस् भनेर संसदीय समिति माग उचित भनेर पुष्टि भएको छ । आज पनि समितिको पुनः माग छ ।'

प्रमुख प्रतिपक्ष दललगायतले विषय उठान गर्दा पनि सरकार संवेदनशील नभएको लेखकले बताए । उनले सरकार गैरजिम्मेवार भएको बताए । 'अघिल्लो सदन अकारण बन्द गरेर भागेको थियो । सरकारलाई संवेदनशील हुन आग्रह गर्दै समिति बनाउन माग गर्दछौं' उनले भने ।

'पीडितलाई रकम दिलाउनुको साटो संवैधानिक निकायलाई पनि अनुसन्धान अवरोध गर्न लगायो । निष्पक्ष छानबिन गरेर मुद्धा अदालतमा अभियोजन गर्नुको सट्टा जोगाउन संवैधानिक निकायको प्रयोग भएको छ' उनले भने 'चेतावनी दिन्छौं यस्तो दुरुपयोग नियन्त्रण गर्ने काम गर्नुहोस् ।'


Author

थप समाचार
x