समाज

बालेनले चेतावनी दिएपछि रिहा भए महानगरका चार जना गाडी चालक !

इकागज |
जेठ ७, २०८१ सोमबार १९:२९ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको फोहोर बोक्ने गाडीका चार जना चालक रिहा भएका छन् । मेयर बालेन्द्र शाह 'बालेन' ले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।

बालेनले आफ्नो कर्तव्य निभाइरहेका आफ्ना कुनै कर्मचारीको अनाहकमा अपमान महानगरले नसहने पनि बताएका छन् । 


उनले नियम, कानुन र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरवासीको आत्मसम्मान हुने र त्यसमा कसैले सम्झौता गर्न नपाइने जिकिर गरेका छन् ।

उनले लेखेका छन्, 'जो कोहीले यत्ति बुझ्नुहोला - पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर, नियम, कानुन र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरवासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाडौँ महानगर यसमा संवेदनशील छ । अझ आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन । बुझेर कदम चाल्नुहोला ।'

यसअघि बालेनले फेसबुकबाटै चालकलाई रिहा नगरेसम्म सिंहदरबारको, पार्टीहरूको कार्यालयको र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका थिए ।

 


Author

थप समाचार
x