चैत १ बाट अभियान सञ्चालन गर्ने माओवादी केन्द्रको निर्णय

इकागज | फागुन १०, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले चैत १ गतेबाट विभिन्न अभियान सञ्चालन गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी कमिटी बैठकले तराई मधेस जागरण अभियान, उत्तर दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्यस्तै प्रदेशले आफ्नै तरिकाले वृहंगम जनपरिचालन गर्ने गरी प्रदेशकै योजना कार्यक्रम सञ्चालन हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । त्यस्तै माओवादीले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत खट्ने कार्यकर्ता र नेतालाई सम्मान गर्ने उनले बताए ।

उनले पार्टी अभियानमा राम्रो गर्नेलाई सम्मान पत्र दिने, ठिकै गर्नेलाई धन्यवाद दिने, राम्रो गर्नुस् भन्ने, नराम्रो गर्नेलाई कारबाही गर्ने, घटुवा निलम्बन, चेतावनीसम्म हुन सक्ने जिकिर गरे । मधेशमा विश्वासको मत, सिराहा समस्यालगायतका विषयमा आगामी बैठकमा छलफल हुने प्रवक्ता सापकोटाले जानकारी दिए ।

त्यस्तै उनले कांग्रेसको महासमितिलाई पार्टीले नियालिरहेको भन्दै कांग्रेसभित्रको गठबन्धनको छलफलले कुनै अन्तर नपर्ने जिकिर गरे ।

छानबिन समितिको प्रतिवेदन आएपछि मात्र मन्त्री ज्वालाको विषयमा धारणा तय गर्ने

इकागज | फागुन १०, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले पार्टीका तर्फबाट मन्त्री भएका प्रकाश ज्वालाको विषयमा छानबिन स...

कांग्रेस महासमितिमा पेश भएका चार प्रस्ताव सर्वसम्मतीले पारित

इकागज | फागुन १०, २०८०

ललितपुर - नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु सर्वसम्मतीले पारित भएक...

महासमिति बैठकमा प्रदेश सभापतिहरुले भने - कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै एकमत बनौं

इकागज | फागुन १०, २०८०

ललितपुर -  नेपाली काग्रेस कोशीका सभापति उद्धव थापाले पार्टीलाई बलियो बनाउने र आगामी निर्वाच...

शेखरप्रति संकेत गर्दै लुम्बिनी सभापतिले भने : चुनाव हारेकालाई स्वत: दोस्रो वरीयतामा राख्ने सुझाव आएको छ

इकागज | फागुन १०, २०८०

ललितपुर - नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्बरसिंह पुनले महासमिति सदस्यहरूले पार्टीको आन्तरिक चु...

जनताका लागि काम गर्न नसकेका कारण व्यवस्थामाथि प्रश्न उठ्यो : चन्द्र भण्डारी

इकागज | फागुन १०, २०८०

काठमाडौँ - नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्र भण्डारीले जनताका लागि काम गर्न नसकेका कारण ...