मुलुकको भविष्य कांग्रेससँग जोडिएको छ : नेता कोइराला

इकागज | फागुन १२, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मुलुकको भविष्य नेपाली कांग्रेससँग जोडिएको बताएका छन् ।

कांग्रेस पूर्वमहामन्त्री कोइरालाले महासमिति सदस्यको सम्मानमा आज यहाँ आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा मुलुकको भविष्य कांग्रेससँग भएकाले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए । 

'महासमितिसँगै उत्साह र उमङ्ग बोकेर जिल्ला जाऔँ, आउँदो निर्वाचनमा कांग्रेसलाई सर्वश्रेष्ठ पार्टी बनाऔँ' कोइरालाले भने । कांग्रेस एकढिक्का भए यसलाई कुनै शक्तिले हराउन नसक्ने उनको भनाइ थियो । सभापति शेरबहादुर देउवाले पार्टीभित्र सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने उल्लेख गरे । 

'विपी कोइरालाले आफ्नो लागिभन्दा देश र जनताका लागि संघर्ष गर्नुभएको थियो, उहाँको सङ्घर्षलाई कांग्रेसले भुल्नुहुँदैन', उनले भने  । जीवन सङ्घर्ष भएकाले सङ्घर्ष गर्न सिक्नुपर्ने नेता कोइरालाको भनाइ थियो । 

कांग्रेस सङ्खुवासभाका सभापति एवं सांसद दीपक खड्काले सबैलाई स्वागत गर्दै चियापानले पार्टीभित्र भावनात्मक सम्बन्ध र एकताको सन्देश दिएको बताए ।

कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायत पार्टीका केन्द्रीय तहका नेता, महासमिति सदस्य तथा कार्यकर्ताको सहभागिता थियो । 

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा छिटै पारित हुन्छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | फागुन ११, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सबैलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्यायस...

गौशालामा उपमेयरको अधिकारमा मेयरको अंकुश, अधिकार खोज्न अदालतसम्म पुगिन् रेनु

बिशाल बस्नेत | फागुन ११, २०८०

महोत्तरी- महोत्तरीका पालिकाहरूमा मेयर र उपमेयरको जिम्मेवारी र अधिकार क्षेत्रको विषयमा बेला-ब...

विवादमा मुछिएका मन्त्री बस्नेत र ज्वालालाई बर्खास्त गर्न एमालेको माग

इकागज | फागुन १०, २०८०

काठमाडौँ- नेकपा एमालेले विवादमा मुछिएका मन्त्रीहरू मोहनबहादुर बस्नेत र प्रकाश ज्वालालाई बर्खा...