नेकपा एसले आसन्न १०औं महाधिवेशनमा एकमात्रै दस्तावेज प्रस्तुत गने

इकागज | फागुन १७, २०८०

काठमाडौँ - नेकपा एकीकृत समाजवादी (एस)ले पार्टीको आसन्न १०औं महाधिवेशनमा एकमात्रै दस्तावेज प्रस्तुत गर्ने निर्णय गरेको छ । 

बिहीबार काठमाडौंमा सम्पन्न दस्तावेज मस्यौदा समितिको बैठकले महाधिवेशनमा समसामयिक राजनीतिक, पार्टीको आन्तरिक लगायतका विषय समेटेर एकमात्रै दस्तावेज प्रस्तुत गर्ने निर्णय गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

मस्यौदा समितिको बैठकपछि पार्टीभित्र कुनै पनि अलग अलग सोच नरहेको र सबैको भावनालाई समेटेर महाधिवेशनमा प्रस्ताव प्रस्तुत हुने उनको भनाइ छ । महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजलाई अन्तिम रुप दिनका लागि विभिन्न समूह बनाएर छलफल हुने प्रवक्ता खतिवडाले जानकारी दिए । 

दस्तावेजमा समाजवादी क्रान्तिको बाटोमा जानका लागि हुने चुनौती, रुपरेखा लगायतका बिषय समेटिने नेकपा एकीकृत समाजवादीले जनाएको छ । 


 

देउवाकै कुरा टेरेनन् नेविसंघ अध्यक्ष डुजाङले, शेखर समूहबिनाको बैठकले वैधानिकता पाउँला ?

शुरज थपलिया | फागुन १६, २०८०

काठमाडौँ- नेविसंघको केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा मंगलबार उद्घाटन भयो । उद्घाटन भएको बैठकको बुधबार...

मिटरब्याज-लघुवित्त पीडितहरूलाई बिनासर्त रिहाइ गर्न सरकारसँग एमालेको माग

इकागज | फागुन १६, २०८०

काठमाडौँ- नेकपा एमालेले संसद् भवन प्रवेश गरेर आन्दोलन गर्ने मिटरब्याज-लघुवित्त पीडितहरूलाई बिनासर्त...

राजेन्द्र महतोले अलग गतिविधि गरेपछि लोसपाले बोलायो केन्द्रीय समिति बैठक

इकागज | फागुन १६, २०८०

काठमाडौँ- वरिष्ठ नेता राजेन्द्र महतोले अलग गतिविधि गर्न थालेपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालल...

माओवादीभित्र जनार्दनको फरक मत : प्रचण्ड परिवारबाहेक अरूलाई पार्टीमा स्थान छैन भन्ने सन्देश दिइयो

इकागज | फागुन १६, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले लिखित असहमति राख्दै पार्टीभित्र अध्यक्ष पुष्...