प्रधानमन्त्रीले चिया खान बोलाएको होला भन्दै बालुवाटार लागे ओली

इकागज | फागुन २१, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा चिया पिउन बोलाएकाले जान लागेको प्रतिक्रिया दिएका छन् । आज बिहान एमाले सचिवालयको बैठक सकिएपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्‌न बालुवाटार जान लागेका ओलीले सञ्‍चारकर्मीहरूलाई यस्तो प्रतिक्रिया दिएका हुन् ।

नयाँ सरकार बन्न लागेको हो भन्ने प्रश्नमा ओलीले भने 'त्यो त प्रधानमन्त्रीलाई सोध्नुपर्छ । सरकार फेरिन्छ फेरिँदैन् भन्ने प्रधानमन्त्रीलाई थाहा हुन्छ ।'

दौडधुप त निकै छ नि भन्ने सञ्चारकर्मीको अर्को प्रश्नमा ओलीले ठट्यौली पारामा भने ‘प्रधानमन्त्रीज्यूले बोलाउनु भएको थियो । यसो चिया खान बोलाएको होला । त्यसैले जाँदैछु ।’

 

र, यो पनि

एमाले सचिवालय बैठक सकियो : कांग्रेससँग गठबन्धन तोडे प्रचण्डलाई सहयोग गर्न तयार

इकागज | फागुन २१, २०८०

काठमाडौँ- बालकोटमा बसेको नेकपा एमालेको आकस्मिक सचिवालयको बैठक सकिएको छ । बैठकले  प्रधानमन्त्र...

तत्काल आइपर्ने राजनीतिक निर्णय गर्ने अधिकार रास्वपाले दियो सभापति लामिछानेलाई

इकागज | फागुन २१, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पछिल्लो राजनीतिक परिस्थितिबारे आवश्यक निर्णय गर्ने अधिकार पा...

के-के बिषयमा भएको हो बालुवाटारमा एमाले, माओवादी र रास्वपाबीच सहमति ?

जीवन कुँवर | फागुन २१, २०८०

काठमाडौँ- राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (...